दूतावास स्थापना गर्ने निर्णय गरेको झन्डै एक वर्ष पछि नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन भएको छ । यस अघि मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेनका लागि नेपाली राजदूतमा भरतबहादुर रायमाझी नियुक्त गर्नुभएको थियो ।
राजदूत रायमाझीसहितको टोली जनवरी २४ तारिख बिहान ८ बजे म्याड्रिड जाने परराष्ट्र स्रोतले जनाएको छ ।
नियुक्ति पाएको लामो समयसम्म पनि राजदूतलाई कार्यक्षेत्रमा पठाउन परराष्ट्र मन्त्रालय चुकेको भन्दै आलोचना भइरहेको थियो ।
दूतावास स्थापना गर्ने निर्णयपछि कार्यन्वयन हुनेमा आशंका ब्यक्त गरिएको बेला राजदूतसहितको टोली म्याड्रिड जाने भएपछि स्पेनवासी नेपालीहरु उत्साहित बनेका छन् ।
करिब एक दशक अगाडिदेखि स्पेनवासी नेपालीहरुले दूतावासको माग राख्दै पटकपटक परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत स्पेनस्थित राजनीतिक, क्षेत्रीय, जातीय संघ सस्थाहरुले दूतावासको माग गर्दै पटक पटक सरकारलाई ज्ञापनपत्र बुझाएका थिए ।

English
MTV NEPAL MTVNEPAL


