संयुक्त कार्यदलको बैठक आज बस्दै

नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक आज बस्दै छ । स्थानिय तह, प्रदेश तथा प्रतिनिधि सभामा प्राप्त मतको आधारमा सिट सँख्या निर्धारण गर्ने अघिल्लो बैठकको सहमति अनुसार आज कुन क्लस्टर कुन पार्टिले लिने भन्ने निर्णय गरिने कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

कार्यदलका एक सदस्यका अनुसार वामपन्थी गठबन्धनले ५६ मध्ये बढीमा ४१ सिट जित्ने सम्भावना छ । उम्मेदवारी भने सबै पदमा दिइनेछ । जसको जुन प्रदेशमा जति मत छ त्यहि आधारमा सिट बाँडफाँट गरिने नेताहरुले बताए । त्यसो गर्दा प्रदेश १ र ३ मा एमालेको बहुमत छ भने २ नम्बर बाहेक अन्य प्रदेशमा बामपन्थी गठबन्धनको बहुमत छ ।

आजको बैठकमा माओवादीलाई कुन प्रदेशमा कुन क्लस्टरको सिट लिने भन्ने तयारी सहित आउन भनिएको कार्यदलका सदस्य एमाले नेता सुरेन्द्र पाण्डेले एम.टि.भि नेपाललाई बताए । उनले बाँडफाँड ७०/३० कै हाराहारीमा हुने आधार मतसंख्याले देखाएको जानकारी दिए । बहुमतीयबाट जित्ने दलित र अल्पसंख्यक/अपांग कोटा दुवै दलले मिलाएर बाँडफाँड गर्नेछन् । त्यसो गर्दा सम्बन्धित पार्टीका नेताहरुको व्यवस्थापनलाई पनि आधार बनाइएको छ । त्यस्तै एकल संक्रमणीयबाट जित्ने ३ महिला र ३ खुला सदस्यमा प्राथमिकता क्रमका आधारमा बाँडफाँड हुनेछ ।

स्रोतका अनुसार स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभाका सांसदहरुको संख्याको आँकडा हेर्दा एमाले ७० प्रतिशत र माओवादी ३० प्रतिशत देखिएपछि सोही अनुसार बाँडफाँड गर्न लागिएको हो । एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा अपरान्ह कार्यदलको बैठक बस्दैछ । राष्ट्रियसभाको बाँडफाँड टुंगिएपछि प्रदेशका मुख्मन्त्री, मन्त्री र सभामुख तथा उपसभामुखको बाँडफाँड हुने पाण्डेले बताए । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् । माओवादीबाट रामबहादुर थापा ‘बादल’, वर्षमान पुन ‘अनन्त’र मात्रिका यादव छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com