प्रदेश प्रमुखको सिफारिस गर्न मन्त्री परिषदको बैठक बस्दै

काठमाडौं: राजनीतिक दलबीचमा प्रदेश प्रमुख सिफारिसमा सहमति हुन नसकेपछि मंगलबार स्थगित भएको मन्त्रिपरिषद बैठक आज बसिरहेको छ। प्रधानमन्नी निवास बालुवाटारमा अहिले बैठक बसिरहेको छ।

प्रदेश प्रमुखको सिफारि र अस्थायी राजधानी तोक्ने सरकारको तयारी छ। मंगलबार राजनीतिक दलबीचमा कुनै पनि परामर्श हुने नसकेपछि बैठक स्थगित गरिएको थियो।  माघ ५ भित्र प्रदेश प्रमुख नियुक्त गरिसक्न निर्वाचन आयोगले ताकेता गरेरहेको छ। माघ ७ गते निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनतर्फ मतदाता नामावली प्रकाशन गर्दैछ। प्रदेश प्रमुख तोकिएको समयमा नियुक्त नभए राष्ट्रियसभा निर्वाचन कार्यतालिका प्रभावित हुने आयोगको चेतावनी छ।

यसअघि सरकारले प्रतिनिधिसभा निर्वाचन लगतै प्रदेश प्रमुख सिफारिसको तयारी गर्दै केही नाममा समेत छलफल गरेको थियो। तर, आफूहरुसँग परामर्श समेत नगरी प्रमुख सिफारिस गर्न लागेको भन्दै वाम गठबन्धनले आपत्ति जनाएपछि सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी चयनको निर्णय गर्न सकेको छैन।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com