नेकपा एमालेको स्थायी कमिटिको बैठक आज पार्टी मुख्यालय धुम्बराहिमा बस्दै छ । पछील्लो समय बिकसित राष्ट्रिय घटनाक्रमका साथसाथै राष्ट्रिय सभाका उमेदवार टुंग्याउने उदेश्यले यो बैठक बस्न लागिएको कार्यालय सचिब कृष्णगोपाल श्रेष्ठले एम.टि.भि नेपाललाई जानकारी दिए ।
उक्त बैठकमा समसामयिक राजनीतिक परिस्थिति र आसन्न राष्ट्रियसभा निर्वाचनको उमेदवारहरू टुंगो लगाउने विषय एजेन्डा रहेको बताइएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य जाँच गर्न थाइल्याण्डको राजधानी बैंकक गएकाले बैठकको अध्यक्षता कार्यवाहक अध्यक्ष वामदेव गौतमले गर्ने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । बैठक दिउँसो ३ बजे बोलाइएको सचिव श्रेष्ठले जानकारी दिए ।

English
MTV NEPAL MTVNEPAL


