आइएसका १७ आतङ्ककारी मारिए

जलालाबाद । पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहका कम्तीमा पनि १७ जना लडाकू मारिएका छन् ।

विशेष सुरक्षा बलले आइतबार गरेको कारबाहीका क्रममा ती आतङ्ककारी मारिएका जानकारी दिइएको छ । सो समाचारमा जनाइएअनुसार उक्त कारबाहीमा परी अरु केही लडाकू घाइते भएका छन् । नान्गाहार प्रान्तको दिह हस्कामिना र आचिन जिल्लामा अफगान विशेषबलले गरेको कारबाहीमा आइएसका १७ जना आतङ्ककारी मारिएका र अन्य दुइजना घाइते भएका समाचारमा जनाइएको छ ।

आइतबार अपरेसन कोडिसन ग्रुप अफगानिस्तान (एओडिओसिनिए) द्वारा जारी विज्ञप्तिमा उक्त कुराको जानकारी दिइएको छ । अफगान सुरक्षा बल र नेटोआवद्ध सैनिकले आतङ्ककारी विरुद्ध हवाई कारबाही जारी राखेका छन् । यस द्वन्द्वग्रस्त देश अफगानिस्तानमा तालिवान र आइएस लडाकू समूहले आक्रमण गर्दै आएको पाइन्छ । अफगानिस्तानको नान्गाहार प्रान्तमा सन् २०१५ बाट आइएस आतङ्ककारी समूहको बलियो प्रभाव रहँदै आएको भन्ने गरिएको छ । पछिल्लो समयमा अफगानिस्तानको संयुक्त सेनाले सो समूहकाविरुद्धमा व्यापक मात्रामा कारबाही गरिरहेको छ । रासस

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com