क्यालिफोर्नियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुग्यो

अमेरिकाको क्यालिफोर्नियामा चिसो मौसममा आएको आँधीपछिको पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । उद्वारकर्ताहरुले पहिरो गएको ठाउमा अझैपनि खोजीकार्य जारी राखेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।

बेला बेलामा मौसममा बदली भईरहेकाले उद्धारकार्यमा कठिनाई भईरहेको छ । पहिरोमा परी अहिले पनि ५ जना हराईरहेका छन् । अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा भारी बर्षापछिको कडा हावाको कारण क्षति भएको बताइएको छ ।

पहिलोका कारण ६५ ओटा घर क्षतीग्रस्त भएका छन् भने अरु ४६२ ओटा घरमा दिर्घकालिन असर परेको छ । रासस/सिन्ह्वा

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com