रानीपोखरि निर्माणले तिब्रता पाउने, मल्लकालीन शैलीमै बनाउन सम्भव छैन : पुरातत्व

लामो बिबाद पछाडि अनन्त अब रानीपोखरी महानगरपालिकाकै डिजाईनमा निर्माण हुने भएको छ । मल्लकालिन समयकै सैलिमा निर्माण गर्न अहिले सम्भब नहुने निस्कर्श निकाल्दै पुरातत्व बिभाग रानीपोखरी निर्माणको लागि महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्य कै योजना अनुरुप निर्माण गर्न सहमति दिन तयार भएको हो । जमलस्थित रानीपोखरी आधुनिक शैलीमा पुनर्निर्निमाण गर्न काठमाडौं महानगरपालिकालाई पुरातत्व विभागले स्वीकृति दिएको छ । ‘चुना र शुर्की अहिलेको जमानामा नपाइने’ भन्दै विभागले रानीपोखरीलाई आधुनिक शैली र स्वरुपमा पुनर्निर्माण गर्न महानगरपालिकालाई स्वीकृति दिएको हो । अनाबश्यक बिबादले गर्दा केही समय ढिला भएको भन्दै मेयर शाक्यले अब रानीपोखरी निर्माण अभियानले तिब्रता पाउने बाताए ।

“रानीपोखरी पुनर्निर्माणको विषयलाई ठूलो इस्यु बनाइयो,” पुरातत्व विभागका एक अधिकृतले आइतबार एम.टि.भि नेपालसाँग भने, “पोखरीमा कंक्रिट प्रयोग गर्नु गलत हो तर मल्लकालीन शैली र स्वरुपमा रानीपोखरीको पुनर्निर्माण अहिलेको जमानामा सम्भव छैन ।” यता स्थानीयले भने रानीपोखरी पुनर्निर्माणमा काठमाडौं महानगरपालिकाले आफूखुसी गरेको भन्दै यसको पुनर्निर्माणको निर्णय हचुवाका भरमा नगर्न माग गरेका छन् । पुरातात्विक महत्वको सम्पदा पुनर्निर्माणमा महानगरपालिकाले हचुवाका भरमा आफूखुसी निर्णय गरेको आरोप स्थानीयको छ ।

गत मंसिर अन्तिममा काठमाडौं महानगरपालिकाले ‘पोखरीमा पानी छेक्न’ भन्दै पोखरी आसपासमा कंक्रिट वाल उठाएपछि मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच विवाद चुलिएको थियो । रानीपोखरीमा कंक्रिट प्रयोग गर्न पाइँदैन भन्दै केही स्थानीय, सम्पदाप्रेमी र पुरातत्वविदले चर्को विरोध गर्दै आएका छन् । उपमेयर हरिप्रभा खड्गीको साथ लिएर रानीपोखरी परिसर गेटमा तालासमेत लगाएका थिए ।

विरोधपछि पुस १३ मा काठमाडौं महानगपालिकाले आफूसहित पुरातत्व विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट ‘विशेषज्ञ समिति’ गठन गरेर आवश्यक छलफल गरी १५ दिनभित्र टुंगो लगाइने बताएको थियो । समितिले अध्ययन प्रतिवेदन लगभग तयार गरिसकेको र यही बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने बताइएको छ ।

यता, पुरातत्व विभागले भने समितिको प्रतिवेदन नआउँदै महानगरलाई आधुनिक शैलीमा रानीपोखरी बनाउन स्वीकृति दिइसकेको छ । ०७२ वैशाखको भूकम्पलगत्तै काठमाडौं महानगरपालिका रानीपोखरी पुनर्निर्माणमा अघि सरेको थियो । रानीपोखरीको डिजाइन महानगरपालिकाले नदेखाएको गुनासो स्थानीयले गर्दै आएका थिए । त्यतिबेलाको डिजाइनअनुसार बालगोपालेश्वर मन्दिरमात्र पुरातत्व विभागले बनाउने भनिएको थियो ।

काठमाडौं महानगरपालिका र पुरातत्व विभागको दुई वर्षअघि रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर पुरातात्विक महत्वको भएकाले विभागले पुनर्निर्माण गर्ने सहमति भएको थियो । तर, काम थालेको डेढ वर्ष पुगिसक्दा पनि बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सम्पन्न भइसकेको छैन ।

आवश्यक काठ र बुट्टाहरु सहजै नपाइएकाले पुनर्निर्माण लम्बिएको बताउँदै इञ्जिनियर घिमिरेले भने, “आवश्यक निर्माण सामग्री अभावमा बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण ढिला भएको हो । असारसम्ममा मन्दिर पुनर्निर्माण सम्पन्न भइसक्छ ।” रानीपोखरीको पुनर्निर्माण कहिले सम्पन्न भइसक्छ भन्ने विषयमा कामनपाले पनि केही बताएको छैन ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com