पछिल्लो समय हास्य कलाकार समुहले नेपाली चलचित्रलाई “हाईप” दिने खालका चलचित्र निर्माण गर्दै आएका छन् । चलचित्रको निर्माण राम्रोमात्र होईन् छुट्टै ब्रान्ड बनेका छन् । यसले नेपाली सिने उद्योगलाई नै अझ बढाएको छ । चलचित्रको निर्माण राम्रोसँग गर्ने हो र एउटा ब्रान्ड बनाउन सक्ने हो भने निर्माता घाटामा जाँदैनन् भन्ने उदाहरण पछिल्ला केहि चलचित्रले प्रस्तुत गरिसकेका छन् ।
हाइलाइट्स नेपालले ९५ लाखमा चलचित्र ‘छक्का पन्जा २’को ओभरसिज र डिजिटल राइट्स खरिद गरेको थियो । हाइप बनाएका चलचित्रलाई वितरकले एमजी (मिनिमम ग्यारेन्टी) पनि दिन थालेका छन् । यसैविच, चैत्र ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सत्रु गते’लाई ओएसआर डिजिटलले महंगो रकममा खरिद गरेको छ । ओएसआर डिजिटल कम्पनीले चलचित्रको डिजिटल र ओभरसिज राइट्स महंगो रकममा किनेको वुझिएको छ ।
ओएसआरले १ करोड ११ लाखमा यो चलचित्रको डिजिटल र ओभरसिज राइट्स किनेको वताइएको छ। ययसँगै ‘सत्रु गते’ सर्वा्धिक महंगो रकममा विक्री हुने चलचित्र समेत बनेको छ ।
ओएसआरका प्रमुख ओम अग्रवालले भने ‘हामीले डिजिटल राइट्स किनेका हौं । ओभरसिजमा चलचित्र किन्ने अन्य केहि साथीहरु हुनुहुन्छ । यसैले, सबै हिसाब निकालेर मात्र कतिमा किनेको हो भन्न सकिन्छ ।’
उनले ओएसआरले डिजिटल राइट्स १४ लाखमा किनेको बताए ।
तर, ‘सत्रु गते’को निर्मातालाई भने ओएसआरले नै सबै रकम वुझाउने बताइएको छ । किरण केसी निर्माता रहेको चलचित्रलाई महसंचारले प्रस्तुत गरेको हो ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारको अभिनय छ । चलचित्र निर्देशन प्रदिप भट्टराईले गरेका हुन् ।मह सञ्चारको ब्यानरमा निर्माण गरिएको सिनेमाका प्रस्तुतकर्ता किरण केसी हुन् । चैत्र ९ मा रिलिज हुने सिनेमाको प्रचार सामग्रीका रुपमा ३ साता अघि रिलज गरिएको ‘रुपै मोहनी’ बोलको गीत अहिले सर्वा्धिक चर्चामा छ ।
लोकराज अधिकारीको शब्द टंक बुढाथोकीको संगीत तथा मिना निरौला र टंक बुढाथोकीको स्वर रहेको गीतले युट्युबमा २४ घन्टामा सबैभन्दा धेरै पटक हेरिने गीतको रेकर्ड कायम गरेको छ । रिलिज भएको तेश्रो सातामा ट्रेण्डिङमा रहदै गीतले झण्डै चालिस लाख भ्यूज पाएको छ ।

English
MTV NEPAL MTVNEPAL


