प्रियंकाको स्टारडमको परिक्षा; कति रुचाईएला ‘बटरफ्लाई’

ओम प्रतिक गुरुङको निर्देशनमा तयार भएको चलचित्र ‘बटरफ्लाई’ आजबाट रिलिज भएको छ । औसत प्रचारका साथ रिलिज भएको चलचित्रले मायाको रंग बताउने भन्दै चर्चा गरिएको थियो ।

यो चलचित्रमा नायक आर्यन अधिकारी र नायिका प्रियंका कार्कीको मुख्य भूमिका छ । चलचित्र ‘के म तिम्रो होइन र’पछि आर्यनको रिलिज भएको यो दोश्रो चलचित्र हो । आर्यनका लागि यो चलचित्र विशेष छ । तर, चलचित्रको हाइप ‘के म तिम्रो होइन र’ भन्दा धेरै कमजोर छ ।

आर्यन आफै पनि चलचित्रका लागि खुबै मिहिनेत गरेको बताउँछन् । नायिका प्रियंका कार्कीको स्टारडमले चलचित्रको २ दिने व्यापारलाई फरक पार्नेछ । शुक्रबार र शनिबार दर्शक हलमा आएको खण्डमा त्यसले प्रियंकालाई फाइदा हुनेछ ।

रमेश प्रजापति कार्यकारी निर्माता रहेको चलचित्रको सुरुवाती व्यापार सामान्य छ । मल्टिप्लेक्समा यो चलचित्र भन्दा ‘मिस्टर झोले’ले बढी शो पाएको छ । चलचित्र राम्रो भएको खण्डमा वर्ड अफ माउथले चल्ने विश्वास गर्न सकिन्छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com