काठमाडौं । विकी लिकका सहसंस्थापक जुलियन असांजेलाई इक्वेडोरले नागरिकता दिएको छ । द न्यु योर्क टाइम्सको अनलाइन संस्करणमा शुकवार प्रकाशित समाचारअनुसारसन् २०१२ देखि लन्डनस्थित इक्वेडोरको दूतावासमा शरण लिएका असांजेलाई नागरिकता दिनु ‘संरक्षणको अर्को तह‘ भएको सम्बन्धित अधिकारीले बताएका छन् ।
अस्ट्रेलियाली नागरिक असांजेलाई इक्वेडोरको नागरिकता प्रदान गरिएपछि उनलाई स्विडेन वा अमेरिका सुपुर्दगी गर्न नमिल्ने ठानिएको छ । हजारौं गोप्य लिखतहरू सार्वजनिक गरेर सरकारहरूको भ्रष्टाचार र कानुनविपरीतको क्रियाकलापको पोल खोलेकाले धेरैका दृष्टिमा असांजे अभिव्यक्ति स्वतन्त्रताका मसिहा बनेका छन् भने सरकारी अधिकारीहरू राष्ट्रिय सुरक्षाका विषयमा गोपनीयता भंग गरेकाले असांजेलाई राष्ट्रद्रोही ठान्छन् ।
असांजेविरुद्ध स्विडेनमा बलात्कारको मुद्दा छ भने अमेरिकी अधिकारीहरूले पनि उनको गिरफ्तारी हुनसक्ने बताउँदै आएका छन् । डेमोक्य्रटिक पार्टीको राष्ट्रिय अधिवेशनका अभिलेखहरूलगायतका कागजपत्र रसियालीहरूले ह्याक गरेर असांजेलाई उपलब्ध गराएको आरोप अमेरिकी सुरक्षा अधिकारीले लगाउँदै आएका छन् ।

English
MTV NEPAL MTVNEPAL


