काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रवक्तामा विश्व प्रकाश शर्मालाई मनोनयन गरेका छन् । नेपाली कांग्रेसको विधानअनुसार शर्मालाई पार्टीको प्रवक्तामा मनोनयन गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।
नेविसंघका पूर्व सभापति शर्मा १३ औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य चयन भएका थिए । उनी प्रतिनिधिसभा निर्वाचनमा झापाबाट माओवादी केन्द्रका नेता सुरेन्द्र कार्कीसँग पराजित भएका थिए । यस अघी उक्त जिम्मेवारि युबा नेता गगन थापालाई दिने चर्चा थियो । तर निर्वाचन पछाडि उत्पन्न आन्तरिक परिस्थितीलाई मध्यनजर गर्दै शर्मालाई जिम्मेवारि दिईएको अनुमान गरिएको छ ।
यसैबीच प्रवक्ता शर्माले कांग्रेसबारे उत्पन्न भएका द्विविधा हटाउने प्रतिवद्धता जनाएका छन् ।

English
MTV NEPAL MTVNEPAL


