पार्टी एकताका विषयमा छलफल गर्न एमालेले डाक्यो बैठक

कपा एमालेको स्थायी समिति बैठक सोमबार दिउँसो बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।  बैठकमा समसामयिक राजनीति र माओवादी केन्द्रसँगको पार्टी एकताबारे छलफल हुने एमालेले जनाएको छ । पार्टी एकताका विषयमा आइतबार साँझ अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।
दुई नेताबीच पार्टीभित्र थप छलफल गरेर अगाडि बढ्ने सहमति भएअनुसार एमालेले पार्टीभित्र छलफल गर्न बैठक डाकेको हो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com