02-Oct-2017apm01.indd

जुरेन प्रचण्ड–ओली भेट, कहाँ पुग्यो पार्टी एकताको पहल ?

पार्टी एकताको बिषयमा छलफलका लागि नेकपा एमाले र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार हुने भनिएको भेट टरेको छ । एमाले अध्यक्ष केपी ओलीको अस्वस्थताका कारण बुधवार भेटको कार्यक्रम नरहेको प्रचण्डका प्रेस सहयोगी मनहरी तिमल्सिनाले जानकारी दिए ।  ‘एमाले अध्यक्षज्यूको अस्वस्थताका कारण बुधवार भेट हुने कार्यक्रम छैन’ तिमल्सिनाले लोकान्तरसँग भने, ‘उहाँ स्वस्थ्य भएपछि हामी जतिवेला पनि तयार छौ ।’ यसअघि मंगलवार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले बुधवार ओलीसँग छलफल गर्ने निर्णय गरेको थियो ।  प्रचण्ड र ओलीबीच गत बिहीवार भएको छलफलमा पार्टी एकता संयोजन समितिको बैठक एक दुई दिनमा बस्ने सहमति भएको थियो । ‘पहिला दुई अध्यक्ष मिलेर एजेण्डा बनाएपछि मात्र संयोजन समितिको बैठक बस्छ’ प्रचण्डका सहयोगी तिमल्सिनाले भने ।

चुनाव लगत्तै पार्टी एकता गर्ने भनेका एमाले र माओवादीबीच अहिले सरकार पहिले कि पार्टी एकता पहिले भन्ने विषय बाट नेतृत्वको सवालमा गएर अड्किएको छ । सरकार गठन पहिले नै एकताको बिषय टुंगाउनु पर्ने बताएको माओवादीले प्रधामनन्त्री र पार्टी अध्यक्ष फरक व्यक्तिले गर्नुपर्ने अडान लिएको छ ।  ‘पार्टी एकताका लागि हाम्रो बटम लाइन सरकारको नेतृत्व या पार्टी अध्यक्ष पाउनु पर्छ भन्ने छ’ माओवादीका एक प्रभावशाली नेताले लोकान्तरसँग भने, ‘नेतृत्वको समायोजन पनि बराबरी हिस्सामा हुनुपर्छ ।’ माओवादीको सोही अडानका कारण पार्टी एकताको कुरा अगाडि बढ्न नसकेको एमाले स्रोत बताउँछ ।

मंगलवार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले नेता रामबहादुर थापाको संयोजकत्वमा पार्टी संगठन सुद्रिढ गर्न समिति बनाएको छ । यसले पनि तत्काल पार्टी एकताको सम्भावना नरहेको माओवादीकै एक नेताले स्वीकारे । शनिवार काठमाडौंमा एमाले उपाध्यक्ष वामदेव गौतमको पुस्तक विमोचन कार्यक्रममा ओली र प्रचण्ड दुवैले पार्टी एकतामा आशंका नगर्न आग्रह गरेका थिए ।  राष्ट्रिय सभा निर्वाचन पछिमात्र प्रतिनिधि सभाको चुनावको अन्तिम नजिता सार्वजनिक गर्ने निर्वाचन आयोगको अडानका कारण नयाँ सरकार निर्माण प्रक्रिया केहि पछाडि धकेलिएको छ । सरकार गठन प्रक्रिया लम्बिएसँगै पार्टी एकता पनि पछि धकेलिएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com