सडक दुर्घटनाः परिवारका १० जनाको एउटै चिहान

पाकिस्तानको सिन्ध प्रान्तस्थित सान क्षेत्रमा विपरीत दिशाबाट आएका यात्रुबाहक बस सुजुकी भ्यानसँग ठोक्किएर भएको दुर्घटनामा एकै परिवारका १० जनाको मृत्यु भएको छ । इन्डस राजमार्गमा भएको दुर्घटनामा अन्य केही यात्रु घाइते भएको वरिष्ठ प्रहरी उपरिक्षक इरफान बहादुरले बताएका छन् । एकै परिवारका दुई पुरुष, चार महिलासहित चार बालबालिकाको घटनामा मृत्यु भएको उनले जानकारी दिएका छन् । सेहवान र जमसोरो सहरबाट उच्च गतिमा आएका रात्रिसेवाका दुई बस भ्यानसँग ठोक्किएका थिए । दुर्घटनापछि दुवै बसका चालक फरार रहेका छन् ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com