भारतको विहार राज्यका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव भ्रष्टाचारी भएको ठहर गरिएको छ । भारतको केन्द्रीय जाँच सीबीआइको विशेष अदालतले पशुपंक्षीको दानामा भ्रष्टाचार गरेको प्रमाणित गरेको हो । यादवबाहेक अन्य १४ जनालाई पनि चारा घोटालाको नामले भारतमा चर्चित भ्रष्टाचार काण्डमा दोषी ठहर गरिएको छ। सन् १९९१ देखि १९९४ बीच राज्यकोषबाट ८५ लाख भारतीय रुपैयाँ हिनामिना भएको घटनामा उनी दोषी पाइएका हुन्। सजाय भने जनुअरी ३ मा सुनाइने बताइएको छ। तर छ जनालाई भने अदालतले सफाइ दिएको छ।

English
MTV NEPAL MTVNEPAL


