३ पुुस । गुजरात र हिमाचल प्रदेशमा मतगणना जारी छ । सुरुवाती रुझानमा गुजरातमा बीजेपीले अग्रता लिएको छ । तीन स्थानमा बीजेपी र दुई स्थानमा कांग्रेसले अग्रता लिएको छ । गुजरातका ३३ जिल्लाका ३७ स्थानमा कडा सुरक्षाबीच मतगणना जारी छ । गुजराजको चुनाव प्रधानमन्त्री नरेनद्र मोदीका लागि प्रतिष्ठको बिषय बनेको छ । अर्कोतर्फ कांग्रेसका नयाँ अध्यक्ष राहुल गांधीका लागि पनि यो निर्वाचन परिक्षाकै रुपमा रहेको छ । गुजरातको चुनाव परिणामको असर सन् २०१९ मा हुने लोकसभा चुनावमा पनि पर्ने छ ।

English
MTV NEPAL MTVNEPAL


