पार्टी अध्यक्ष र प्रधानमन्त्री को को हुन्छ? भन्ने सम्बन्धमा ओलीको यस्तो आयो जवाफ

३ पुुस । नयाँ सरकारको बाटो खुला गरिदिन वाम गठबन्धनले प्रधानमन्त्रीलाई आग्रह गरेको छ । जनताले वामगठबन्धनलाई बहुमत दिएकोले पनि जनमतको कदर गर्न तत्काल नयाँ सरकार गठन गनुपर्नेमा वाम गठबन्धनले जोड दिएको छ । आइतबार अन्नपूर्ण होटेलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष केपी ओलीले राष्टिय सभा सम्बन्धि अध्यादेशको बाहना देखाएर सरकारमा बस्न नहुने बताएका छन् । कांग्रेसले यस्ता बखेडा झिक्दै गएमा नागरिकको बचेखुसेको विश्वास पनि मेटिने अध्यक्ष ओलीको भनाइ थियो । पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम, इश्वर पोखरेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा लगायतका नेता सहभागी थिए ।

पत्रकारको जिज्ञासालाई साम्य पार्न ओलीले आफुहरुको पार्टी एकता पदप्राप्तीका लागि नभएको स्पष्ट पारेका छन् । पदको बाँटफाँड सहमतिका आधारमा टुंगो लगाइने पनि बताएका छन् । ओली र प्रचण्डले आफुहरु प्रधानमन्त्री र पार्टीको अध्यक्ष पनि भैसकेकोले पदको कुरा सहजै सहमति हुने स्पष्ट पारेका छन् । चुनाव सकिएर मतगणनाको सबै परिणाम आइसक्दा पनि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा नदिएपछि वाम गठबन्धनले औपचारिक रुपमै सरकार छाड्न आग्रह गरेको हो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com