अमेरिकाप्रति मुस्लिम देशहरुले किन आक्रोश व्यक्त गरे?

२८ मंसिर । अमेरिकाले इजरायलको राजधानी जेरुसेलमलाई दिने निर्णय गरेकोमा विश्वका ५७ मुस्लिम देशहरुले आपत्ति जनाएका छन् । टर्कीको इस्तानबुलमा बसेको ५७ वटा इस्लामिक देशहरुको आपतकालीन भेलाले प्यालेस्टाइनको राजधानीको रुपमा नै जेरुसेलमलाई मान्यता दिन आह्वान गरेको हो । उनीहरुले प्यालेस्टाइनको राजधानीको रुपमा जेरुसेलमलाई मान्यता दिन अन्तराष्टिय समुदायलाई आह्वान गरेका छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने निर्णयले आक्रोस निम्त्याएको भेलाको ठहर छ ।

भेलापछि जारी वक्तव्यमा अमेरिकी राष्ट्रपति ट्रम्पले जानाजान मध्यपूर्वमा शान्ति प्रयासलाई कम आँकेको आरोप लगाउनुका साथै उनको कदमले आतंकवादलाई बढावा दिने उल्लेख गरिएको छ । भेलालाई सम्बोधन गर्दै प्यालेस्टिनी नेता महमुद अब्बासले राष्ट्रपति ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने निर्णय गरेबाट शान्ति वार्ताहरुमा अमेरिकीहरुले सहजकर्ताको भूमिका निर्वाह गर्न नसक्ने प्रष्ट पारे । उनले अब संयुक्त राष्ट्रसंघले शान्ति प्रक्रियाको नेतृत्व लिनुपर्ने बताए । अमेरिकाको निर्णयसँगै अमेरिकाले मध्यस्थकर्ताको रुपमा आफ्नो क्षमता गुमाउने र शान्ति प्रक्रियामा आफ्नो भूमिकाबाट बाहिरिने बाटो रोजेको दाबी गरे ।

अमेरिकाको भूमिका आफूहरुले स्वीकार गर्न नसक्ने भन्दै उनले अमेरिकीहरु पुरै इजरायलको पक्षमा लागेको आरोप लगाए । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले विश्वका अन्य देशलाई जेरुसेलमको मुद्दामा अमेरिकाले डर–त्रास देखाइरहेको बताए । इस्लामिक मुलुकहरुको संगठन, ओआइसीको शिखर बैठकमा एर्दोआनले यसै महिनाको शुरुमा अमेरिकी राष्ट्रपति ट्रम्पले गरेको निर्णय ‘गैरकानुनी र उक्साउने खालको’ भएको टिप्पणी गरे

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com