हिड्दा हिड्दै बाटैमा जन्मियो छोरा

२६ मंसिर ।  जाजरकोटकी एक महिलाले बाटोेमा हिड्दाहिड्दै छोरा जन्माएकी छन् । कुशे गाउँपालिका–९ बाट सदरमुकाम खलंगामा नियमित स्वास्थ्य जाँच गराउन जाँदै गर्दा उनले छोरो जन्माएकी हुन् शर्मिलाको घरबाट सदरमुकामसम्म पुग्न सामान्य हिँडाईमा ३६ घण्टा लाग्छ । दोस्रो पटक आमा बन्न लागेकी शर्मिला अस्पतालमा सुत्केरी हुने भन्दै बहिनी साथी लिएर खलंगा हिडेकी थिइन् । खलंगा जाँदै गर्दा उहाँले पाँचकाटिया नजिकै कर्कले भीरको बाटोमै बच्चा जन्मिएको स्थानीय बासिन्दा डिल्ली थापाले जानाकारी दिएका छन् ।

उनलाई सुत्केरी गराउन बहिनीसँगै स्थानीय महिलाहरुले पनि सहयोग गरे । विकट बस्तीमा अहिले पनि स्वास्थ्य केन्द्र स्थापना हुन नसक्नु र स्थापना भएका स्वास्थ्य केन्द्रबाट गुणस्तरीय सेवा नभएको कुशे गाउँपालिका–५, ढिमेका बासिन्दा शिवबहादुर मल्लले गरे । मल्ल भन्छन् , ‘जाजरकोटका अधिकांश महिला गोठमा, जंगलमा, मेलापात गएको ठाउँमा, बाटोमा बच्चा जन्माउन बाध्य छन् ।’

जाजरकोटमा स्वास्थ्य सस्थामा कर्मचारी खोजेको बेला नपाइने गरेको स्थानीय बासिन्दाको गुनासो रहेको छ । अहिले जिल्ला अस्पतालमा समेत एकजना डाक्टर बाहेक अरु ५ जना डाक्टर कार्यालय छोडेर घर गएको जिल्ला अस्पतालका एक कर्मचारीले बताए ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com