बेला–बेला टाउको दुखिरहन्छ ? अपनाउनुहोस् यी ८ उपाय

२३ मंसिर । आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, चक्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन् ।

माइग्रेनको समस्या भएकाहरुले यी कुरामा ध्यान दिनुपर्छ ।

१ गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार नखाने ।
२ दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट नखाने ।
३ कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ )को सेवन नगर्ने ।
४ चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहने ।
५ अति दुर्गन्ध तथा बास्ना आउने ठाउँ नजिक नजाने ।
६ भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने ।
७ चिन्तामुक्त भएर बस्ने कोशिश गर्ने
८ कम्तिमा पनि ६ देखि आठ घन्टा आरामले सुत्ने ।

THIS IS ADD AREA
x

Check Also

आन्दोलनरत चिकित्सक र केएमसी अस्पताल प्रशासनबिच वार्ताको तयारी,, केहिबेरका लागि आन्दोलन रोकियो

काठमाडौँ मेडिकल कलेज (केएमसी)मा आन्दोलनरत आवासीय चिकित्सक र अस्पताल प्रशासनबिच वार्ताको तयारी गरिएको छ । “पाठ्यक्रममा नै नभएको स्वास्थ्य शिविर गर्न लगाएपछि आफूमाथि ज्यादती भयो ...

Social Media Auto Publish Powered By : XYZScripts.com