विदेशमा रहेका नेपालीका लागि ५० करोडको ‘वैदेशिक बचतपत्र’ जारी

नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगारीमा रहेका नेपाली एवं गैरआवासिय नेपालीलाई लक्षित गरी बैदेशिक रोजगार बचतपत्र जारी गरेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपालमै सुरक्षित लगानी गर्न पाउने गरी राष्ट्र बैंकले बचतपत्र जारी गरेको हो । १० प्रतिशत व्याज दिनेगरी ५० करोड रुपैयाँ बराबरको ‘बैदेशिक रोजगार बचतपत्र २०७९’ जारी गरेको हो । मंसिर १० गतेदेखि बिक्री खुल्ला भएको बचतपत्र मंसिर २९ गतेसम्म किन्न पाइने बैंकले जनाएको छ । एक व्यक्तिले कम्तीमा ५ हजार देखि बढीमा ५० हजार रुपैयाँसम्म लगानी गर्न पाउने बचत पत्रमा प्रत्येक ६र६ महिनामा व्याज भुक्तानी हुने र ५ वर्षपछि सावाँ रकम फिर्ता पाउने जनाइएको छ ।
बैदेशिक रोजगारीमा रहेका, बैदेशिक रोजगारबाट फर्किएको ४ महिना नपुगेका नेपाली नागरिक एवं गैरआवासिय नेपालीले बचतपत्र खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

धरौटी बढ्दा म्यानपावरलाई हम्मे हम्मे

काठमाडौं,१४ भदौ । नेपाल सरकारले वैदेशिक रोजगार कम गर्न र आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न म्यानपावर कम्पनीको धरौटी ह्वात्तै बढाए पनि धरौटी राख्न व्यवसायी पछि परेका ...

Social Media Auto Publish Powered By : XYZScripts.com