आज चुनाव प्रचारको अन्तिम दिन, मध्यरातदेखि मौनअवधि सुरु हुँदै

१८ मंसिर । आज मध्यरातदेखि मौनअवधि सुरु हुँदैछ । आसन्न निर्वाचन नजिकिदैै गर्दा निर्वाचन आयोगले यस्तो जानाकारी गराएको हो ।
मौन अवधिभर कुनै पनि प्रकारका प्रचारका कार्यक्रमहरु गर्न पाइने छैन ।
४५ जिल्लामा हुने निर्वाचनका लागि सम्पूर्ण मतदान केन्द्रमा निर्वाचन सामग्री पुगिसकेका छन् । निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६ सय ६३ तथा प्रदेश सभातर्फ सातै प्रदेशमा गरी २ हजार ८ सय १९ उम्मेवार प्रतिस्पर्धामा छन्

यता, निर्वाचन आयोगले भने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मौन अवधिमा आचारसंहिता उल्लंघन नगर्न निर्वाचन आयोगले सबैलाई सचेत पनि गराएको छ ।
यस चरणमा प्रतिनिधिसभाका लागि १२८ र प्रदेशसभाका लागि २५६ सांसद चुनिने छन् । निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले भाग लिदैंछन् ।

युरोपेली युनियन, कार्टर सेन्टरलगायतका अन्तर्राष्ट्रिय संस्थाका ४ सय पर्यवेक्षक तथा राष्ट्रियरुपमा ५२ संस्थाका ४५ हजार पर्यवेक्षकले अनुमति लिएका छन् । १५ हजार ३ सय ४४ मतदान केन्द्रमा ७ देखि ९ जनाको दरले १ लाख ७५ हजार कर्मचारी आयोगले खटाएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com