श्रीलङ्का र भारतमा आँधीका कारण २६ जनाको मृत्यु, ७७ हजार नागरिक प्रभावित

कोलम्बो , १७ मंसिर । श्रीलङ्का र दक्षिणी भारतमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । आँधीपछि आएको बाढीका कारण हजारौँ जना प्रभावित भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । श्रीलङकातर्फ १३ जना र भारतको केरला र तमिल नाडुमा पनि उत्तिकै संख्यामा गरी २६ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ । आँधी प्रभावित क्षेत्रमा बाढी, विद्युत, टेलिफोनको समस्या भएको छ । मौसमविद्हरुले अझै धेरै ठूलो वर्षा हुनसक्ने पुर्वानुमान गरेका छन् । अत्याधिक ठूलो वर्षा भएका कारण दक्षिणी भारतका नदीको पानीको सतह अझै माथि आउने चेतावनी दिइएको छ । श्रीलङ्काको प्रकोप व्यवस्थापन केन्द्रले १६ जिल्लाका ७७ हजार जना नागरिक आँधीबाट प्रभावित भएको जनाएको छ । प्रभावितमध्ये सबैभन्दा धेरै गाल्ले जिल्लाका रहेका छन् । प्रभावितमध्ये झन्डै चार हजार जनालाई श्रीलङ्काको उद्धार शिविरमा राखिएको केन्द्रले जनाएको छ । अधिकारीले अझै पनि प्राकृतिक प्रकोपको खतरा रहेको भन्दै सतर्क अवस्थामा रहन आह्वान गरेका छन ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com