खोटाङ, १७ मंसिर । खोटाङको जन्तेढुङगा गाउँपालिका–४ डम्बर्खु शिवालयमा चितुवाले गाउँका गाई बाख्रा आक्रमण गर्न थालेपछि आतंक फैलिएको छ । साँझको समयमा चितुवा जंगलबाट गाउँ पसेर ठुलो आवाजमा कराउने तथा खोर भत्काएर दैनिक खसी बाख्रा मार्ने गरेका कारण स्थानीय त्रसित छन् ।
कतिपय किसानको चराउन लगेका खसी बाख्रा मारेर खाइदिने गरेको शिक्षक गजाधर आचार्यले जानकारी दिए। स्थानीयका अनुशार डम्बर्खु शिवालयका स्थानीय केदार रोईलाका पाँच वटा खसी बाख्रा चितुवाले खाएको छ । यस्तै रत्नबहादुर राई र मानबहादुर रोईलाको खसी र वाख्रा पनि चितुवाले मारिदिएको बताइएको छ ।

English
MTV NEPAL MTVNEPAL


