तपाईले थाहै नपाइकन हरेकदिन दुईओटा गल्ती गरिरहनुभएको छ होला । गल्ती भनेको गल्ती नै हो चाहे जानेर या नजानेर त्यसको नतिजा त नकरात्मक नै पर्छ । लाग्दा हामीलाई सामान्य नै लाग्छ तर त्यस्ता क्रियाकलापहरु लगातार गर्दै जादाँ त्यसको प्रभाव हामीमा पर्दछ । यी दुइ गल्ती जुन प्राय मानिसले गरिरहेका हुन्छन् ।
१ टुथब्रसको आयु
कुनै टुथब्रसको माथिल्लो भागमा रहेको ब्रसको स्वरुप नबिग्रेसम्म हामी एउटै टुथब्रस प्रयोग गर्छौँ । तर, एउटा टुथब्रसको एक्सपाइरी मिति भनेको मात्र दुई महिनाको हुन्छ । यो भन्दा धेरै एउटै ब्रसलाई प्रयोग गर्नु हुँदैन ।
२ब्रस गर्दा
हामी बिहान उठेर प्रायः गर्ने सबैभन्दा पहिलो काम भनेको दाँत माझ्ने नै हो । सबै यसलाई चाँडोभन्दा चाँडो सिध्याउन चाहन्छन् ।
तर, दाँतका विशेषज्ञहरुका अनुसार दाँत माझ्न कम्तिमा दुई मिनेट आवश्यक हुन्छ । तर, एक सर्वेक्षणले धेरै मानिसहरु औसतमा ४५ सेकेण्डमा मात्र ब्रस गर्ने देखिएको थियो ।
यसले दाँतमा कुनै फाइदा नगर्ने उनीहरुको भनाई छ ।

English
MTV NEPAL MTVNEPAL


