मतको सधै दुरुपयोग हुने गरेको दृष्टिविहिनको गुनासो

सुर्खेत १७ मंसिर ।  – महिना अघि स्थानीय निकायको निर्वाचनमा सुर्खेतकी दृष्टिविहीन भीमा आचार्यलाई भोट हालेकोजस्तो अनुभूति नै भएन । सहयोगीको रुपमा भतिजीलाई सँगै लिएर भोट हाल्न गएका उनले भने, “भतिजीले कसलाई भोट हालिन थाहै भएन”
आफ्नो मतको गोपनीयता हँुदैन की भन्ने चिन्ता छ वीरेन्द्रनगरकी मेनका आचार्यलाई पनि । “हामी जस्तालाई विद्युतीय विधिबाट मतदान गर्ने व्यवस्था भइदिएमा हाम्रा मतको गोपनीयता हुने थियो” उनले भने, “तर, राज्यले हाम्रा बारेमा कुनै पहल नै गरेको छैन ।” वीरेन्द्रनगरकी सम्झना बढुवालको पनि उस्तै चिन्ता छ आफ्ना सहयोगीले आफूले रोजेकोभन्दा फरक ठाउँमा भोट हालिदिन्छन् की भन्ने । “मैले हाम्रा सवालमा कुरा उठाउने उम्मेदवारलाई मत दिन्छु भन्छु तर परिवारको धारणा फरक भएकाले म आफ्नै परिवारबाट पनि आफ्नो गोप्य मतको प्रयोग गर्न सक्दिन ।” उनको गुनासो थियो ।

सुर्खेतकी सुमोना खड्काको गुनासो पनि उस्तै छ । “दृष्टिविहीनको मत कसले हाल्छ भन्ने थाहा पाएपछि मत हालीदिने व्यक्तिलाई प्रभावमा पार्ने कोसिस गरिएको हुन्छ” उनले भने, “त्यसकारण त्यो मत हाम्रा लागि बदर हुने सम्भावना पनि हुन्छ ।” मत हाल्नका लागि लगिएका व्यक्तिले आफूले चाहेका व्यक्तिलाई मत दिने र हामीहरुले भनेका व्यक्ति नपर्ने पनि हुनसक्ने उनले बताए । निर्वाचन अधिकृत पनि कुनै पार्टीसँग आस्था राख्ने भएकाले दृष्टिविहीनले भनेकै व्यक्तिलाई मत दिएको भन्ने विश्वास पनि गर्न कठिन हुने खडकाको भनाइ थियो ।

गोप्य मतदान भनिए पनि मतदान गरिएको केही समयमा नै जानकारी बाहिर आउने भएकाले आफूहरूलाई असहज हुने दृष्टिविहीन वसन्त जैसीले बताए । उनले अघिल्लो स्थानीय निकायको निर्वाचनमा मतदान गर्न आफ्नो भाइलाई दिने भएको थाहा पाएपछि भाइलाई नै प्रभावमा पार्न थालिएको बताए। एक जनाले आफूजस्ता धेरैको मत खसाल्ने अवस्थामा केही मत आफ्नो इच्छाअनुसार हाल्न सक्ने उल्लेख गर्दै जैशीले भन्नुभयो, “मतदाता शिक्षा कार्यक्रममा अरुलाई मत हाल्न सिकाइन्छ तर हामीजस्ता दृष्टिविहीनलाई मत हाल्ने तरिकाबारे सिकाइदैन त्यसैले हाम्रो मतको दुरुपयोग हुन्छ ।” सहयोगीले गरेको मतदान गोप्य भएन भने कानूनले कडा सजाय दिनुपर्नेमा दृष्टिविहिनहरूको जोड थियो । गोप्यता भंग गरे रु १५ हजार गरिने जरिवाना निकै कम भएको दृष्टिविहीन जैशीले गुनासो थियो । निर्वाचन अधिकृत सुनिता थापाले दृष्टिविहीन र वैदेशिक रोजगारीमा गएका नागरिकको मताधिकारका लागि चुनौती भएको बताए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com