पर्खालमा पुरिएका एकजनाको मृत्यु, तीनको उद्धार

रुपन्देही, मंसिर १६ – बुटवल उपमहानगरपालिका –११, मितेरी पथमा घरको पर्खाल भत्किँदा एक जनाको ज्यान गएको छ । घरको पर्खाल लगाइरहँदा पर्खाल भत्केर पुरिएका बिहार घर भएका ४५ वर्षीय भिखारी महतोको ज्यान गएको प्रहरीले जनाएको छ । पर्खाल लगाइरहँदा एक्कासी पर्खाल भत्किएको स्थानीय बासिन्दाले बताएका छन् । उनीहरुको उद्धारका लागि डोजरसमेत प्रयोग गरिएको थियो ।

पुरिएका चारजनामध्ये तीन जनालाई स्थानीय र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ । उद्धार गरिएका तीन जनाको अहिले लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भैरहेको छ । घाइते तीन जना नै नेपाली नागरिक भएको प्रहरीले बताएको छ । पाँच जना मजदुर पुरिएका छन् ।

 

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com