भीमदत्तनगर, १६ मंसिर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मतदातालाई लोकतन्त्र अथवा अधिनायकवादमध्ये कुन रोज्नुहुन्छ भनेर प्रश्न गर्नुभएको छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ स्थित बेलौरीमा आज आयोजित चुनावीसभामा उहाँले कम्युनिष्टले जिते तानाशाही शासन व्यवस्था आउन सक्छ भन्दै लोकतन्त्र रोज्ने भए कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनमा मतदान गर्नुअघि लोकतन्त्र रोज्ने की अधिनायकवाद रोज्ने निक्यौल गर्न मतदातासँग आग्रह गर्दै पश्चिम सेती र पञ्चेश्वर परियोजनाको निर्माण कार्य चाँडै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । “काँग्रेसकै नेतृत्वमा राणा शासनको अन्त्यदेखि संविधान निर्माणसम्मका एतिहासिक काम भएका छन्,” उहाँले भन्नुभयो– “संविधान कार्यान्वयनका लागि पनि आसन्न निर्वाचनमा काँग्रेसले जित्नु आवश्यक छ ।”प्रधानमन्त्री देउवाले “यसअघिको चुनावमा कञ्चनपुरका चारवटै निर्वाचन क्षेत्रमा काँग्रेस जितेकाले यहाँ विकासको खोलो बगेको छ,” भन्दै “यहाँका जनजाति, अल्पसंख्यक र पछाडि पारिएका वर्गलाई पनि मूलधारमा ल्याउन जरुरी छ,” बताउनुभयो ।

English
MTV NEPAL MTVNEPAL


