शेरबहादुर देउवाको मतदातालाई प्रश्नः लोकतन्त्र रोज्ने कि अधिनायकवाद?

भीमदत्तनगर, १६ मंसिर। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मतदातालाई लोकतन्त्र अथवा अधिनायकवादमध्ये कुन रोज्नुहुन्छ भनेर प्रश्न गर्नुभएको छ ।
कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ स्थित बेलौरीमा आज आयोजित चुनावीसभामा उहाँले कम्युनिष्टले जिते तानाशाही शासन व्यवस्था आउन सक्छ भन्दै लोकतन्त्र रोज्ने भए कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले आसन्न निर्वाचनमा मतदान गर्नुअघि लोकतन्त्र रोज्ने की अधिनायकवाद रोज्ने निक्यौल गर्न मतदातासँग आग्रह गर्दै पश्चिम सेती र पञ्चेश्वर परियोजनाको निर्माण कार्य चाँडै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

“काँग्रेसकै नेतृत्वमा राणा शासनको अन्त्यदेखि संविधान निर्माणसम्मका एतिहासिक काम भएका छन्,” उहाँले भन्नुभयो– “संविधान कार्यान्वयनका लागि पनि आसन्न निर्वाचनमा काँग्रेसले जित्नु आवश्यक छ ।”

प्रधानमन्त्री देउवाले “यसअघिको चुनावमा कञ्चनपुरका चारवटै निर्वाचन क्षेत्रमा काँग्रेस जितेकाले यहाँ विकासको खोलो बगेको छ,” भन्दै “यहाँका जनजाति, अल्पसंख्यक र पछाडि पारिएका वर्गलाई पनि मूलधारमा ल्याउन जरुरी छ,” बताउनुभयो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

Sorry, this entry is only available in Nepali. Share this...Facebook0Twitter

Social Media Auto Publish Powered By : XYZScripts.com