काठमाडौं, १६ मंसिर । राप्रापा प्रजातान्त्रिकका महामन्त्री रेशम लामालाई पाटीबाट निष्काशन गरिएको छ । उनलाई पाटीबाट निष्काशन भएकोले उनलाई मन्त्री पदबाट समेत बर्खास्त गर्न प्रधानमन्त्रीलाई पत्र पठाइएको छ ।
राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएर लामाले पार्टी हित विपरीत र लोकतान्त्रिक गठबन्धनलाई आघात पुर्याउने काम गरेकाले पार्टीबाट निस्कासित गरिएको उल्लेख छ । साथै उनलाई उद्योग राज्यमन्त्रीबाट हटाउन प्रधानमन्त्री देउवालाई सिफारिस गरेका छन् ।

English
MTV NEPAL MTVNEPAL


