अन्यायको विरुद्ध जनताको अदालतमा हाजिर भएको हुँ : राजु अर्याल

कांग्रेसबाट साधारण सदस्य समेत नरहने गरि राजीनामा दिएर चुनावी प्रचारप्रसारमा होमिएको बुझ्न कांग्रेस नेतृत्वलाई स्वतन्त्र उम्मेदवार राजु प्रसाद अर्यालले आग्रह गर्नुभएको छ । राजीनामा पत्र बुझाएको अवगत गराउँदै उम्मेदवार अर्यालले एक साता पछि राजुलाई कारबाही गरियो भनेर विज्ञप्ति निकाल्नु पागलपनको उपज भएको संज्ञा दिनुभएको छ । ‘ म पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेको हुँ उहाँले भन्नुभयो, ‘अहिले आएर कांग्रेसीहरुले राजुलाई कारबाही गरेको भन्दै मिडियाबाजी गरेका छन, यो उनिहरुको पागलपन बाहेक केही होइन ।’ ३६ बर्ष सम्म कांग्रेसको राजीनितिमा सक्रिय अर्यालले कांग्रेसको विधान राम्रो संग अध्ययन गर्न नेतृत्वलाई सुझाव दिनुभएको छ । कांग्रेसका जिल्ला नेता हुँ भन्नेले पार्टीको विधान राम्रो संग हेर, उहाँले आक्रोसित मुद्रामा भन्नुभयो, ‘पार्टी विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनेलाई छ बर्ष सम्म कारबाही गर्न सकिने व्यवस्था छ, यहाँका कांग्रेसले मलाई दश बर्षे कारबाही गरिम भन्दै प्रचारबाजी गरेका छन, यो सब हास्यस्पद बाहेक केही होइन ।’
सिंगो जीवन पार्टीको संगठन निर्माणमा घटाएको भएपनि केही नेताको कारण आफुलाई अन्याय भएको गुनासो पोख्नुभयो । कांग्रेस जिल्ला सभापति माथि प्रश्न गर्दै भन्नुभयो, म तल्लो कमिटी हुँदै जिल्लाको राजनीतिमा आएको हुँ, तिमि झै एक्कासी नेता भएको होइन ? पार्टी जीवनका हरेक चरणमा आफुलाई घातै घात भएको पत्रकार समक्ष उहाँले बेलिविस्तार सुनाउँनुभयो । मधेसी पत्रकार समाज कपिलवस्तु शाखाले राखेको पत्रकार सम्मेलनमा अर्यालले कांग्रेसका सभापति शेर बहादुर देउवा देखि शिर्ष नेताले तपाईले टिकट पाउँनुहुन्छ, ढुक्क भएर चुनावी प्रचारमा खटिनु भनेका थिए तर आफ्नो टिकट राती १ बजे खोसिएको प्रष्ट पार्नुभयो । आफ्नो टिकट पार्टीले खोसिपनि सयौँ कार्यकर्ताको सुझाव अनुसार स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो । सयौ कार्यकर्ता मैरै साथमा छन्, उहाले भन्नुभयो तर विभिन्न समयमा कांग्रेसका नेताले कार्यकर्तालाई दबाब दिइरहेका छन । यस्तो कदम तत्काल नसच्चाए नतिजा गलत आउने उहाँको चेतावनी थियो ।
कांग्रेसबाट बाक्क दिक्क पर्नुभएका उम्मेदवार अर्यालले नेताले भन्दैमा जनताले सबै त्यहि गर्छन भन्ने स्थिती नसोच्न आग्रह गर्नुभएको छ । अहिलेका जनता एक दमै टाठा छन, नेताले भन्दैमा भोट दिदैनन उहाँले भन्नुभयो ।
उक्त अवसरमा अर्यालले आफ्नो चुनावी प्रतिबद्धता पनि सार्वजनिक गर्नुभएको छ । आफुले चुनावी अभियानमा मर्जादपुर बोर्डरलाई सुख्खा बन्दरगाह बनाउने, जिल्लामा सिंचाई सुविधा पु¥याउने, बेरोजगार युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने, कपिलवस्तु नगरपालिकाको द्रुत विकास गर्ने लगायतका चुनावी एजेण्डा लिएर जनताको विचमा जाने घोषणा गर्नुभयो । साथै अर्यालले प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तुमा बनाउन पहल गर्ने पनि बताउनुभएको छ । पत्रकार सम्मेलन मधेसी पत्रकार समाज कपिलवस्तुका अध्यक्ष रमेश मिश्रको सञ्चालनमा सम्पन्न भएको थियो ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com