टेलिफोनबाट दलहरुलाई यस्तो चेतावनी !

हरि अधिकारी, कपिलवस्तु, २ मंसिर ।
राजनीतिक दलले निर्वाचन प्रचार प्रसारमा आचार संहिता उल्लघंन गरेको समाचार आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दललाई सचेत गराएको छ । कपिलवस्तुका प्रमुख निर्वाचन अधिकृत ओमकार उपाध्यायले टेलिफोन मार्फत आचार संहिता उल्लघंन गरेर निर्वाचन प्रचार प्रसार गरेका राजनीतिक दल र उम्मेदवारलाई होर्डिङ्ग बोर्ड, व्यानर, तुल हटाउन निर्देशन दिनुभएको छ ।

दलहरुले सार्वजनिक स्थलमा होर्डिङ्ग बोर्ड, फ्ल्याक्स ब्यानर, तुल जस्ता प्रचार प्रसार सामाग्री राखेपछि तत्काल हटाउन राजनीतिक दलका प्रमुख तथा उम्मेदवारलाई मौखिक जानकारी गराएको प्रमुख निर्वाचन अधिकृत ओमकार उपाध्यायले जानकारी दिनुभयो । त्यस्तै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले आचार संहिता विपरित सार्वजनिक स्थलमा टागिएका रंगिन होर्डिङ्ग बोर्ड, ब्यानर र तुल राजनीतिक दलले नहटाए आफनै पहलमा हटाइने जानकारी दिनुभयो ।

निर्वाचन आचार संहिता उल्लघन गरेको भन्दै नेपाली काग्रेसका प्रतिनिधी सभा सदस्य एकका उम्मेदवार दिपकुमार उपाध्याय विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । कपिलवस्तुमा कांग्रेस, राजपा, संघीय समाजवादी फोरम, बामपंथी गठबन्धन लगाएतका राजनीतिक दलले निर्वाचन प्रचार प्रसारमा आंचार संहिता उल्लघंन गरेका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com