नुवाकोटमा उम्मेदवार लक्षित एम्बुस प्रहार

नुवाकोट, मंसिर १
नुवाकोट क्षेत्र नं. १ का उम्मेदवार कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरी शुक्रबार बिहान ककनी गाउँपालिका, डाँडागाउँमा एम्बुस विस्फोट हुँदा पाँच जना घाइते भएका छन्
डा. महत चढेको गाडी पार भइसकेपछि विस्फोट भएकोले डा. महतलाई केही भएन उहाँ चढेकोभन्दा पछाडिको गाडीमा रहेका पाँच कार्यकर्ता घाइते भए चुनावी अभियानका कार्यकर्ता चढेको बा १६ च ६६५ नम्बरको गाडी एम्बुसमा परेर सडकमै पल्टिँदा उपेन्द्र मिश्र, सविन लामा, एसकुमार तामाङ, लिला घर्तीमगर र रमेश राई घाइते भएको प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिनुभयो
घाइतेहरुलाई उपचारको लागि काठमाडौं लगिएको छ शुक्रबार ककनी गाउँपालिकाको चतुरालेको चुनावी कार्यक्रममा सहभागी हुन डा. महतको टोली जाँदै गरेको बेलामा आक्रमण भएको हो

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com