कांग्रेसभित्र ठूलो तरंगको संकेत, यसकारण भयो जिल्ला सभापतिको गोप्य भेला

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजयबारे गम्भीर समीक्षा हुनुपर्ने आवाज उठिरहको बेला कांग्रेसमा नयाँ तरंग आउने संकेत देखिएको छ । नेपाली कांग्रेसका १९ जिल्ला सभापतिहरुको बुधबार मेलम्चीमा गोप्य बैठक सुरु भएको छ । बैठकमा सिन्धुपाल्चोक, कैलाली, मनाङ र मुस्ताङसहित १९ जिल्लाका सभापतिहरु सहभागी छन् । बैठकको उद्देश्यका बारेमा जानकारी गराइएको छैन । जसको संयोजन गरेका हुन्, बर्दिया क्षेत्र नम्बर १ का सांसद सञ्जय गौतमले। प्रतिनिधिसभा निर्वाचनमा एमाले उपाध्यक्ष वामदेव गौतमलाई हराएका उनी बर्दिया कांग्रेसका सभापति हुन्।

सिन्धुपाल्चोकमा केही वर्षअघि ७५ वटै जिल्ला सभापतिहरुको भेला गरिएको थियो । निर्वाचन समीक्षाको लागि केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुरलाई दबाब परिरहेको बेला भएको सभापतिहरुको भेला कांग्रेसभित्र अर्को तरङ्ग ल्याउने स्थिति देखिएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com