नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहबीच भेट भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न महामन्त्री सिंह बिहीबार बिहानै प्रचण्ड निवास खुमलटार आइपुगेका हुन् । भेटमा बाम गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नेबारे कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । भेटमा नेता सिंहले बामपन्थीहरु मिलेर अघि बढ्दा मात्रै मुलूकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएका छन् ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बामपन्थीहरु मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसाल बीचको चुनावी तालमेललाई कायमै राखिने बताए । भेटमा दुवै नेताहरु राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेद्वार खडा गर्दै बामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत भएका छन्।

English
MTV NEPAL MTVNEPAL


