काठमाडौं ः वैदेशिक रोजगारीका नाउँमा लगभग २ सय नेपालीलाई पर्शुराम गुरुङ नाम गरेका व्यक्तिले ठगेका छन् । भोजपुर हेलौची घर भएका उनी थाइल्यान्डमा बसेर नै विभिन्न देश क्यानडा, फ्रान्स, अमेरिका ,कोरिया, मकाउ र अस्ट्रेलिया सहित अन्य युरोपेली मुलुकमा समेत रोजगारी दिने नामले ठगेको प्रहरीको भनाई छ । उनी ०७१ सालदेखि नै थाइल्यान्डको बैंककमा बसेर वैदेशिक रोजगारका नाममा नेपालीहरुलाई ठग्ने गरेका रहे छन् । उनको नेपाली राहदानी रद्द भए पनि बिना राहदानी ट्राभल डकुमेन्ट बनाएर थाइल्यान्ड बस्दै आएका थिए । सीआईबीले थाइल्यान्डस्थित नेपाली दूतावास र अन्य निकायसँग समन्वय गरेपछि थाई प्रहरीले उनलाई ०७५ चैत १३ मा पक्राउ गरेको थियो । सरकारको सीआईबीले शुक्रबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न थालिएको जनाईएको छ । उनले ठगी गर्न क्रममा विभिन्न नामले नेपालीहरुलाई पहिचान गराउने गरेको जनाएको छ । उनले आफु क्यानडाको पीआर हूँ भन्दै वैदेशिक रोजगारीमा पठाइदिने नाममा नेपाली युवालाई नक्कली भिसा बनाएर जनही ५ देखि २० लाख रुपैयाँसम्म ठगेको पीडितले उजुरी दिएका छन् । सीआईबीमा परेका उजुरीअनुसार उनले २ सयभन्दा बढी पीडितबाट १३ करोड रुपैयाँभन्दा धेरै ठगी गरेको बताएको छ । । हाल उनीविरुद्ध पीडितले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी उजुरी र मुद्दासमेत चलिरहेको छ ।

English
MTV NEPAL MTVNEPAL


