हामीकहाँ भोक र गरिबी छ तर सरकार सङ्ग मल खै ? 

धान रोपाइँको चटारो हुनुपर्ने हो तर धेरै किसान पुर्पुरोमा हात लगाएर आकाशतिर हेर्दै खुइय गर्छन् । एकैछिन बर्सिने झरीले माटोसमेत भिज्दैन । सुख्खा माटोमै धानको बीउ कसरी रोप्नु रु त्यसमाथि मल पाइएको छैन । किसानको दुःख यस्तै यस्तै छन् ।असारको मध्यतिर खेतमा छुपुछुपु धान रोप्ने बेला कृषि सामग्री कम्पनी लिमिटेडमा घण्टौँ लाइन लागेपछि मल त पाउनुभयो तर चाहिए जति किन्न पाउनुभएन । पहुँच भएकाले मात्र मल पाए । नातावाद, कृपावादले सोझा किसानलाई मल पाउन मुश्किल भएको न्यौपाने बताउनुहुन्छ । ‘बिहानैदेखि लाइन लागेको छु तर पालो आउँदैन । नातावाद, कृपावादले मल पाउन पनि गाह्रो भयो’, उहाँले भन्नुभयो । ।‘मल किन्न सजिलो छैन । गाउँबाट आएकालाई चाहिने मल दिँदैनन् । मल नपाएपछि कसरी धान रोप्नु रु एकातिर धान रोप्ने पानी परेको छैन अर्कातिर मल पाईंदैन भन्नुहुन्छ ।यतिबेला सबै किसानको यो साझा समस्या हो । पानी नभएर रोपाइँ गर्न नपाएको बेला मल नहुँदा पनि चिन्ता थपिएको छ ।तेस्रो देशबाट मल खरिद गरिए पनि कृषि सामग्री कम्पनी लिमिटेडका शाखामा मल आइनसकेको कृषि सामग्री कम्पनी लिमिटेड प्रमुखको भनाइ छ ।सबै मल आइसकेको छैन । जति छ, त्यो बिक्री गर्दै आइरहेका छौँ’, उहाँले भन्नुभयो, ‘थप मल आएपछि सबै किसानलाई पुग्ने गरी वितरण गर्छौं ।’सरकारले कृषि सामग्री केन्द्र लिमिटेडका ४० र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडका २९ बिक्री केन्द्रमार्फत किसानलाई अनुदानमा मल वितरण गर्दै आएको छ ।

कति मल आयो ?
सरकारले भारत हुँदै तेस्रो देशबाट ३ लाख २३ हजार मेट्रिक टन मल खरिद गरेर नेपाल ल्याइसकेको दावी गरेको छ । त्यसमध्ये मंगलबारसम्ममा ३ लाख १५ हजार मेट्रिक टनभन्दा धेरै मल बिक्री भइसकेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाले जनाएको छ । त्यसमध्ये सबैभन्दा धेरै १ लाख ९४ हजार ३ सय ७४ मेट्रिक टन युरिया मल बिक्री भएको छ । सबैभन्दा कम पोटास ६ हजार मेट्रिक टन बिक्री हुँदा १ लाख १३ हजार मेट्रिक टन डीएपी बिक्री भएको छ । त्यसमध्ये १० हजार युरिया, ७ हजार डीएपी र ३ हजार मेट्रिक टन पोटास मल गएको वर्षकै ‘स्टक’मा छ ।झण्डै ९ अर्ब रुपैयाँको मल तेस्रो देशबाट खरिद गरेर कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले बिक्री गरिरहेका छन् । कृषि सामग्री कम्पनी लिमिटेडका ४० बिक्री केन्द्र र साल्ट टे«ेडिङ कर्पोरेशनका २९ शाखामार्फत मल बिक्री भए पनि किसानले अझै पर्याप्त मल नपाएको गुनासो गरेका छन् ।तेस्रो देश हुँदै नेपाल आउने मल अहिले सबैजसो बिक्री केन्द्रमा पुगिसकेको मन्त्रालयका प्रवक्ता दावी गर्नुहुन्छ ।‘३ लाख २३ हजार मेट्रिक टन मल खरिद भएर आइसकेको छ । खरिद भएको मल सबै बिक्री केन्द्रमा पुगिसकेको छ । मल बिक्री गर्ने काम भइरहे पनि अझै ३० हजार मेट्रिक टन मल आउनै बाँकी छ’, सुवेदीले भन्नुभयो ।तर किसानले भने घण्टौँ लाइन लाग्दा पनि पर्याप्त मल नपाएको गुनासो गर्ने गरेका छन् ।मल कति चाहिन्छ रु कति खरिद हुन्छ रुमन्त्रालयको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका अनुसार १५ लाख हेक्टर क्षेत्रफलमा रोपाईं हुने धानका लागि मात्रै झण्डै ८ लाख मेट्रिक टन मल आवश्यक पर्छ । तर अहिले साढे ३ लाख मेट्रिक टन मल मात्रै खरिद हुदै आएको छ । बर्सेनि कम्तीमा ६ लाख मेट्रिक टन आवश्यक भए पनि सीमित बजेटका कारण साढे ३ लाख मेट्रिक टन मल मात्रै खरिद गर्नुपरेको शाखाका प्रमुख बताउनुहुन्छ ।‘बजेट सीमित छ । अहिलेकै बजेटले जति मल आउँछ, त्यही ल्याउने हो’, उहाँले भन्नुभयो, ‘यस वर्ष ९ अर्ब मूल्य बराबरको मल ल्याउँदैछौँ ।’ ग्लोबल टेन्डर अनुसार मल आयात गर्दा अमेरिकी डलरको मूल्यमा खरिद गरिन्छ । डलरको भाउ घटबढ हुँदा खरिददरमा केही तलमाथि हुने भण्डारीको भनाइ छ ।यस वर्ष सरकारले ३ लाख ६० हजार मेट्रिक टन मल ल्याउँदैछ । त्यसमध्ये अब ३० हजार मल मात्रै आउन बाँकी छ । दुई हप्ता भित्रमा त्यो पनि आइसक्ने शाखाका प्रमुखले बताउनुभयो ।

बर्सेनि मल अभाव किन ?
कृषि तथा पशुपंक्षी मन्त्रालय अन्तर्गतको कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका अनुसार यस वर्ष वैशाखमा मात्रै मल खरिदको प्रक्रिया अगाडि बढाइएको हो । अर्थ मन्त्रालयले वैशाख ३१ मा थप गरिएको ३ अर्ब बजेट निकासा गरेपछि त्यसै अनुसारको मल ल्याइएको शाखाका प्रमुख बताउनुहुन्छ ।‘ग्लोबल टेन्डर गरेर मल ल्याउन कम्तीमा ६ महिना अगाडि बजेट निकासा हुुनुपर्छ’, उहाँले भन्नुभयो, ‘तर तीन महिना अगाडि मात्रै बजेट निकासा हुन्छ । हतार हतार गरेर मल ल्याउन खोज्दा पनि ढिला हुन्छ ।’त्यसअघि ५ अर्ब ९९ करोड रुपैयाँ मलका लागि विनियोजन गरिएको थियो । यस वर्ष पहिलेको बजेटबाट २ लाख ३१ हजार मेट्रिक टन बढी मल खरिद गरिएको हो ।धान रोप्नुअघि किसानले खेत हिल्याउने बेला युरिया र डीएपी मल हाल्ने गर्छन् । धान रोपिसकेपछि युरिया र पोटास मल हाल्ने गरिन्छ । रासायनिक मल एक पटक हालेपछि बर्सेनि सन्तुलन मिलाएर हाल्नैपर्ने बाध्यता हुन्छ ।सन्तुलन मिलाएर हालिएको मलले उत्पादन राम्रो दिने मन्त्रालयका वरिष्ठ प्राविधिक अधिकृत समेत रहेका शाखा प्रमुख बताउनुहुन्छ । तर पछिल्लो समय अनुदानमा सस्तोमा मल पाइने भएपछि किसानले मात्रा नमिलाउँदा माटो बिगँ्रदै गएको उहाँको भनाइ छ ।

धानको उत्पादन घट्न सक्छ ।
पूर्वको झापा सुनसरीदेखि पश्चिमको कैलाली, कञ्चनपुरसम्मका जिल्लामा अझै रोपाइँ हुन सकेको छैन । असार १५ पछि धान रोपाइँको चटारो धेरै हुने भए पनि पर्याप्त पानी र मल नपाइएका कारण थोरै मात्र रोपाइँ भएको छ । १० दिन ढिला गरी शुरु भएको मनसुन देशैभरी फैलिन सकेको छैन । रोपाइँ हुने बेला पानी नपर्दा यस वर्ष धानको उत्पादन घट्न सक्ने नेपाल कृषि अनुसन्धान परिषद नार्कका वरिष्ठ धान बाली विज्ञ हरिकृष्ण उप्रेती बताउनुहुन्छ ।‘रोप्ने बेला नै पानी परेको छैन । मलको अभाव उत्तिकै छ । मौसमविदले समेत यस वर्ष धान रोपाइँ हुने क्षेत्रमा कम पानी पर्ने पूर्वानुमान गरेका छन्’, उप्रेती भन्नुहुन्छ, ‘समयमै पर्याप्त पानी नपरे पोहोरको भन्दा उत्पादन घट्न सक्छ ।’पोहोर अहिलेसम्मकै धेरै ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । धान रोप्ने बेला र बीचमा धान पसाउने बेला पर्याप्त पानी पर्दा उत्पादन बढेको थियो । तर यस वर्ष धानको उत्पादन केही घट्न सक्ने विज्ञको भनाइ छ । कृषि प्रधान देश भए पनि धान उत्पादन बढ्न नसक्दा बर्सेनि झण्डै २५ अर्ब रुपैयाँ बराबरको चामल आयात हुने गरेको छ ।

THIS IS ADD AREA

प्रतिकृया दिनुहोस

इमेल गोप्य राखिनेछ Required fields are marked *

*

Social Media Auto Publish Powered By : XYZScripts.com