हलहरुले मनोमानी तवरले दर्शकलाई वितृष्णा नै हुने गरेर विज्ञापन देखाईरहेको अवस्थामा पनि अहिलेसम्म त्यस तर्फ कसैको ध्यान गएको देखिएको छैन । हामीले सम्बन्धित निकायलाई खबरदारी गर्दासम्म त्यसमा कुनै प्रभाव देखिएन । हामीले यसविषयमा चलचित्र बिकास बोर्ड ,विज्ञापन बोर्ड , उपभोक्ता हित संरक्षण मञ्च जस्ता निकायसंग तथा यो संग मुख्य सरोकार राख्ने सरकारी निकाय सुचना तथा प्रशारण विभिागसंग समेत कुराकानी ग¥यौ । तर सबैको केवल एउटै जवाफ छ आउँछ … “यो अहिलेको जल्दोबल्दो विषय हो हामी यसविषयमा छलफल गर्नेछौ । ”
यसैबिच नेपाली हलवालाको मनोमानीको विषयलाई लिएर फलोअप गरिरहँदा विज्ञापन एजेन्सी नेपालले भने हलमा विज्ञापन देखाउनुलाई नकारात्मक रुपले लिन नहुने प्रतिक्रिया दियो । एजेन्सीका कार्यकारी निर्देशक अर्जुनमोहन भट्टराईलले यो नपालमा मात्रै नभई अन्तर्राष्ट्रियस्तमै हुँदै आएको कुरा भएको बताउनुभयो । उहाँले यो विज्ञापनको कुरा भएकाले पनि विज्ञापन प्रशारण हुँदा विज्ञापन एजेन्सी लाई आपत्ति हुने कुरै नभएको बताउनुुभयो । भट्टराईलले भन्नुभयो “यो अन्तर्राष्ट्रिय स्तरमै पनि चल्दै आएको कुरा हो यसमा हामीले अन्यथा लिनुहुँदैन । त्यतिमात्रै नभई उहाँले हलमा देखाईने विज्ञापन कुनै वस्तुविशेष नभई सन्देशमुलक हुने दाबी गर्नुभयो । तर हलमा हेर्ने हो भने कोलड्रिंक्स देखि विभिन्न खानेकुरा तथा सामाग्राीको प्रचारप्रसार गेरेको पाईन्छ । ”
निर्देशक भट्टराईलले नेपालमा विज्ञापनको निति त ख्यालठट्टामा बनेको भन्दै हलसंग सम्बन्धि निति अहिले बन्ने सम्भावना नै नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “ यो विकासको कुरा हो रातारात हुने कुरा होईन ..नेपालमा भरखर त यो विज्ञापन को निति बनेको छ , यी सबै कुरा भनेको समयको विकाससंगै हुने कुरा हुन् अहिले नै हलमा विज्ञापन देखाउन पाईने÷नपाईने विषयको कानुन बन्ने अवस्था चाँहि छैन । ”
तर कुरा यहाँ उठ्छ हलमा विज्ञापन दिने÷नदिने भन्ने निति नै छैन भने किन त्यसरी मनपरी तवरले विज्ञापन देखाईन्छ त ?
यो स्थानिय सरकारको पनि सरोकारको विषय भएकाले यसविषयमा हामीले काठमाडौं महानगरपालिकासंग पनि कुराकानी ग¥यौ । आखिर यो मनपरि रोक्नलाई महानगरले के पहल गरिरहेको छ ÷गर्नेछ भनेर । महानगरका प्रवक्ता नविन मानन्धरले हामी त फिल्म नै हेर्दैनौ भनेर अत्यन्तै लज्जास्पद जवाफ दिनुभयो । यो कुनै व्यक्तिले व्यक्तिलाई सोधेको प्रश्न थिएन । राष्ट्रमा भईरहेको वेथिति विरुद्ध निस्वार्थ तवरले आवाज उठाउने र राष्ट्र अनि राष्ट्रिय हितमा काम नगर्ने निकायलाई झक्झकाउने ÷ सर्तक बनाउने अभियान लिएर अगाडि बढेको मिडियाले संघिय राजधानीको प्रमुख स्थानिय तहको प्रवक्तालाई सोधिएको प्रश्न थियो ।
उहाँको त्यस्तो जवाफ पछि हामीले हलहरुको मनोमानीका विषयमा राम्रोसंग ध्यानार्कषण गराएपछि उहाँले अब छलफलको विषयमा लगौंला भन्नुभयो । उपभोक्ताको अधिकारमाथि नै खेलबाड गरिँदा स्थानिय सरकारको के कुनै भुमिका नरहने हो ? यो महानगरको दायरामा पर्छ कि पर्दैन प्रवक्ता ज्यु ? नपर्ने भए हल तथा फिल्मको विषयमा महानगर प्रमुख ज्युले पनि बोल्नु हँुदैन थियो होला नि ?

English
MTV NEPAL MTVNEPAL


