विज्ञापन बोर्डको नितिमा आफुहरुलाई कुनै आपत्ति नरहेको विज्ञापन एजेन्सी नेपालले बताएको छ । एजेन्सीका कार्यकारी निर्देशक अर्जुनमोहन भट्टराईले बजार व्यवस्थीत भएको खण्डमा बोर्डले तोकेको १५ प्रतिशतमा एजेन्सीलाई त्यस्तो आपत्ति नरहेको बताउनुभयो । हामीसंगको टेलिफोन कुराकानीमा भट्टराईले भन्नुभयो “अब हेर्नुस् विज्ञापन भन्ने कुरा ,अब ऐन बन्यो ख्यालठट्टामा ,त्यसपछि नियमावली बन्यो नियमावली बनीसकेपछि पनि फेरि दोस्रो शंसोधन गरेर अर्को नियमावली भनेर आयो । अव विज्ञापन एजेन्सीहरुले विज्ञापन वापत १५ प्रतिशत कमिसन पाउने भनेर ऐन नियम निर्दिष्ट गरि दियो त्यो सकारात्मक पक्ष हो । अब हरेक कुराका पछाडी त्यसका विभिन्न पक्षहरु हर्नेुपर्ने हुन्छ ।”
तर बजार व्यवस्थीत भएर ब्रोडकास्टरहरु ÷मिडियाहरुले पनि आफ्नो निति बनाएर रेटहरु सार्वजनिक गरेर विज्ञापन बोर्ड मार्फत त्यो कुराहरु बुझाएर त्यै अनुसार दर रह्यो भने एजेन्सीलाई १५ प्रतिशत भनेको हानी हुने कुरा नरहेको भट्टराईको भनाँई छ । तर पहिला मिडियाको रेट पनि आउनुपर्ने र सोही रेटमा रेटमा कारोबार गर्नुपर्ने उहाँको तर्क छ । त्यति भएर १५ प्रतिशत सुरक्षित हुन्छ भने त्यसमा विज्ञापन एजेन्सीको कुनै आपत्ति नरहेको उहाँले प्रष्ट्याउनुभयो ।
एजेन्सीका अध्यक्ष शोम प्रसाद धितालले आफुहरुको पहलका कारण नै यो निती ल्याउन सम्भव भएको दाबी गर्नुभयो । धितालले हामीसंगको टेलिफोन कुराकानीमा भन्नुभयो “जहाँसम्म यो विज्ञापन एजेन्सीलाई १५ प्रतिशत कुरा छ यो त हामीले पहिल्यै देखि भनेकै छौं हामीलाई १५ प्रतिशत आउनुप¥यो त्योभन्दा बाहेक हामीलाई चाहिएन । हामीले १५ बाट ३०÷३५ भनेर मागेका पनि छैनौं । यसमा हाम्रो समर्थन छ । यो आनले नै पहल गरेर , आन्दोलन गरेर ल्याएको निति हो । ”
यस्तै नेपालबाट प्रशारण हुने विज्ञापनमा विदेशी कलाकार तथा व्यक्तिको फोटो प्रयो गर्न नपाईने भन्ने विज्ञापन बोर्डको निर्णयमा विज्ञापन एजेन्सी अध्यक्ष धितालले यो निती आफुहरुकै मागले आएको बताउनुभयो । “हैन यो त हामीले नै पहल गरेर ल्याएको निती हो ,आन्दोलन गरेरै ल्याएको कुरा हो । हाम्रा विज्ञापनमा हाम्रै कलाकार , इक्युपमेन्ट प्रयोग गर्नुप¥यो भनेर हाम्रै माग हो र हाम्रै माग अनुसार त्यो निति बनेको हो । ”
एजेन्सीका कार्यकारी निर्देशक भट्टराईले पनि नेपालमा प्रशारण हुने विज्ञापनहरुमा विदेशी कलाकार तथा व्यक्तिको फोटो राख्न नपाउने निर्णय गर्नु अत्यन्तै सकारात्क पक्ष रहेको बताउनुभयो । । यसले हाम्रो धर्म संस्कृति जोगाउनुका साथै हाम्रा कलाकारहरुलाई पनि प्रोत्साहन गर्ने उहाँको भनाई छ । भट्टराईले भन्नुभयो “नेपालीहरुले नै पैसा तिरेर गर्ने कुरामा नेपालीहरुले नै विज्ञापन बनाईरहेको छ भने अवश्य पनि हाम्रा नेपाली कलाकारहरु, नेपालमा भएका रंगकर्मिहरुलाई प्रयोग गर्नु राम्रो कुरा जुन विज्ञापन नियमावलीमा २०८० मा पनि प्रष्ट पारेको छ ।”

English
MTV NEPAL MTVNEPAL


