स्व.तुल्सीलाल अमात्यलाई सम्झिदै छोराले भने ,अहिलेको अर्थनितिले देश विकास हुदैंन

अहिलेको अर्थनितिले देशको विकास कहिल्यै नहुने डा.दिवस अमात्यले बताउनुभयो । स्वर्गीय तुल्सी लाल अमात्यको २६ औं स्मृति दिवसमा उहाँले देश परिवर्तन हुन आर्थिक विकास अपरिहार्य रहेको औंल्याउनुभयो । मिथिला नेपाल टेलिभिजनको एक कार्यक्रममा आफ्ना बुबालाई सम्झिदै भन्नु भयो “मेरो बुबा नेपालको दोस्रो अर्थशास्त्री हुनुहुन्थ्यो , देश आर्थिक क्रान्तिले मात्र विकास हुने कुरामा जोड दिनुहुन्थ्यो ,त्यसमा पनि विशेष गरि कृषि क्षेत्रलाई मुख्य अर्थश्रोत मानुहन्थ्यो ।” कृषि कर्मले परिवारलाई पनि संगठित गरेर राख्नेमा उहाँको विश्वास थियोे । स्व. बुबाले घरपरिवारलाई संधै व्यस्थित राख्दै राजनितिमा पनि उत्तिनै क्रियाशिल रहनुभएको कुरा स्मरण गर्नुभयो “ आमाले आर्थिक चाप धानेकोले गर्दा पनि बुबालाई अझं धेरै सजिलो भयो ।”
अहिलेका नेताको भिजन नभएको होकी भन्ने आशंक व्यक्त गर्दै डा. अमात्यले नेपालका महत्वपुर्ण उद्योग कलकारखाना बन्द हुन पुगेकोमा दुख व्यक्त गर्नभयो । स्व.पुष्पलाल र तुल्सी लाल अमात्यको किताब अनुसरण गरे मात्रै पनि नेपालको अर्थतन्त्रमा धेरै शुधार हुने उहाँको भनाई छ ।
बामपन्थि राजनितका अगुवा रहनुभएका तुल्सी लाल अमात्य नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनको महासचिव हुनुहुन्थ्यो । २०१५ सालको चुनावमा निर्वाचित भएपछि उहाँ संसदीय दलको नेता बन्नुभएको थियो । समकालिन भन्दा संसदमा अलि खरो बोल्ने र कसैको पक्षपाती बन्न नचाहने स्वभावले गर्दा राणा काल तथा राजा महेन्द्रको पालामा पटकपटक उहाँको सर्वश्व सम्पति हरण गरियो । हुँदाखादाको प्रतिष्ठित बैंकको जागिर छाडेर राजनितमा होमीनुभएका उहाँ ईन्डिया भाग्न बाध्य हुनुभएको थियो । पछि फेरि नेपाल आएर रौतहटलाई कार्यथलो बनाई राजनितिमै क्रियाशिल हुनुभएका स्व.अमात्य अखिल नेपाल किसान संघको संस्थापक अध्यक्ष पनि हुनुहुन्थ्यो ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com