स्कुल गएकी ८ वर्षिया बालिका दुईदिनदेखि सम्पर्कविहिन

स्कुल जान हिडेकी ८ वर्षिया बालिका दुईदिनदेखि सम्पर्कविहिन बनेकी छन् । जुम्ला स्थायी घर भई हाल काठमाडौंको काडाँघारी स्थित आफन्तकोमा बस्दै आयकी आकृति÷प्रिज्मा शाही मङ्गलबार दिउँसोदेखि एकाएक हराएकी हुन् ।

गान्धी आदर्श सेकेन्डरी स्कुल गोट्ठाटारमा स्कुलमा पढ्ने उनि साथिहरुसंग खेलिरहेकै अवस्थामा एकाएक हराएकी उनका आफन्तले जनाएका छन् । उनका बुबा यज्ञ शाही र आमा कालिका सिंह (शाही) रोजगारीको शिलसिलामा हाल भारतमा रहेका छन् ।

उनि मामा महेन्द्र सिंह र उनकी अन्टि निर्मला सिंहसंग बस्दै आएकी थिईन् । आमा बुवा र मामाको नाम सहजै बताउन सक्ने भएकाले भेटाउनु हुने जो कोहिले नजिकैको प्रहरी लाई बुझाउन र ९८६८९३६३३९ र ९७६५५१७३७७ मा सम्पर्क गर्न उनमा मामा महेन्द्र सिंहले आग्रह गरेका छन् ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com