सरकारलाई अझैं टेरेनन विदेशि च्यानलले, आलाकार्ट प्रणालीमा ४ मात्रै आए

सुचना तथा प्रशारण विभागका प्रवक्ता भरत गौतमले “आलाकार्ट” प्रणाली लागु भएपछि अहिलेसम्म जम्मा चार विदेशि सम्पर्कमा आएको बताएका छन् ।

भारतिय जी च्यानल, डिजिटल सिस्टम अफ नेपाल (डीएसएन), डीएमएस होल्डिङ (स्टार) र टाइम नेटवर्क (जुम र टाइम्स न्युज)मात्र सम्पर्कमा आएका छन् । पटक पटक ताकेता गर्दा पनि नटेरे पछि सरकारले साउन १ गतेबाट नेपालमा विदेशि च्यानलको प्रशारण बन्द गर्ने निर्णय ग¥यो तर निर्वाध रुपमा च्यानल चलिरहेकै छन् । अझैं पनि ति कम्पनिले नेपाल सरकारलाई टेरेको देखिएन । प्रवक्ता गौतम भन्छन् “ढिलै भएपनि विदेशि कम्पनिको प्रशारणका लागी निति बन्यो विस्तारै पुर्ण रुपमा कार्यान्वयनमा आउँछ ।” तर खै कार्यान्वयनमा आएको देखिदैन नभए पटकपटक ताकेता गर्दा त अहिलेसम्म सबै च्यानल आलाकार्ट प्रणालीमा आईसक्नु पर्ने हो ।
प्रभावकारी नितिका लागी आफुले पहल गरिरहेपनि सबै कुरा आफ्नो मातहतमा नरहेको उनले बताए । पहल गरेको भए त यस्को प्रभाव पक्कै देखिने थियो होला । प्रवक्ता गौतमका अनुसार यो नितिलाई व्यवसायिले पनि विरोध गरेका छैनन् तर प्रश्न यो उठ्छ कि समर्थन गरेको भए प्रणालीमा आउन किन मानिरेहका छैनन् । नेपालबाट अनावश्यक अर्बौ लुटिरहेका छन् विदेशि कम्पनिले त्यसमा हेक्का छैन सरकारको तर अहिले चाहिँ अर्थतन्त्रमा विदेशि मुद्राको चाप परिरहेका बेला आवश्यक च्यानलको मात्र पे गर्ने सिस्टम निकाल्न खोजेको भन्दै सरकार चोखिन खोजिरहेको छ ।
प्रविधिको विकास दिन दुई गुणा रात चौ गुनाले बढिरहको छ तर प्रशारण विभागका प्रवक्ता भन्छन् अहिलेलाई टेलिभिजनलाई मात्र दायरामा ल्याउन खोजिएको हो । सुचना प्रशारण विभागको तथ्यांक अनुसार हाल २४२ च्यानल सञ्चालन छन् तर अन्य सयौं माध्यममा भइरहेको निर्वाध प्रशारण रोकमा संमयमता देखिएको छैन । प्रवक्ता गौतमलाई हामीले ओटिटि आइपीटिभि जस्ता अन्य माध्यमलाई कसरी दायरामा ल्याउने भनेर प्रश्न गर्दा त्यसबारे आफुलाई खासै ज्ञान नै नभएको बताए । विकासको हिसाबले बाहिरि देशसंग तुलना गर्न नमिल्ने प्रवक्ता गौतमको भनाई छ । तर भ्रष्टचारको रेकर्डमा विश्वलाई टपेकोमा गौतमको अनविज्ञता देखियो । त्यति मात्र होइन नेपाली सञ्चार माध्यमा सेन्सर सिस्टम समेत नरहेको उनले खुलाएका छन् । हरेक सञ्चार माध्यमले स्वनियन्त्रणमा सञ्चालन गरिहरेको पनि उनले बताए । जुन प्रशारण विभागले नै भन्नु अत्यन्तै लज्जास्पद विषय हो ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com