समुन्नत नेपाल गुठीको आयोजनामा नेपाल भारत जलविद्युत विकास र विद्युत व्यापारमा नितिगत छलफल

समुन्नत नेपाल गुठीको आयोजनामा नेपाल भारत जलविद्युत विकास र विद्युत व्यापारमा नितिगत छलफल भएको छ ।

कार्यक्रममा प्रधानमन्त्रिको हालै सम्पन्न भएको भारत भ्रमणका विषयमा चर्चा भयो । गुठिका अध्यक्ष सुर्यनाथ उपाध्यायले भ्रमणमा गरिएको जलविद्युत आयोजनाको विकास सम्झौतामा आपत्ति जनाएका छन् । उनले सम्झौतामा हाम्रो तर्फबाट के भन्ने के गर्ने कुरामा नै प्रधानमन्त्रि सचेत नभएको बताए ।
उनले भने “ अपर कर्णाली ,पश्चिम सेति , फुकोट कर्णाली ,अरुण ३,४ लगायतका नेपालका महत्वपुर्ण जलविद्युत आयोजनालाई विभिन्न भारतिय कम्पनिसंग सम्झौता गरेर आउने तर संसदमा त्यसकौ स्पष्टोक्ति नै नदिने ..अनि सबै आयोजनाको एक्सेस हुँदा पनि नहुँदा पनि २९.९ प्रतिशत फ्रि इर्नजी भएकामो आशंका छ । ” जलस्रोतको निति भारतसंग मात्रै किन गरेको भन्दै उनले प्रश्न पनि गरे ? भारतलाई दिइएको आयोजनाको मोडालिटिमै अन्यौलता रहेको उनले बताए । यस विषयमा प्रधानमन्त्रिले स्पष्ट नपार्नुको कारण सोध्दै उनले जनतालाई अनविज्ञ पार्न खोजिएकोमा जनता नै सचेत हुनुपर्नेमा जोड दिए । कार्यक्रममा अब नेपालमा पनि जलस्रोत सम्बन्धि ऐन कानुन बन्ने प्रक्रियामा रहेको बताउदै अध्यक्ष उपाध्यायले विद्युत व्यापारमा नेपालको हक अधिकारको निति बनाउनु पर्ने पनि आवश्यकता औंल्याएका छन् । छलफलका क्रमका शहभागीहरुले अहिले जलविद्युत आयात निर्यातको कुरामा नै दुविधा सृजना रहेकोमा यसमा नितिगत सुधार ल्याउनुपर्ने सुझव दिएका थिए । कार्यक्रममा सरकारका पुर्व परराष्ट्र मन्त्रि डा.प्रकाशचन्द लोहनीले नेपालमा आवश्यकभन्दा बढी विधुत उत्पादन गरे मात्र निर्यात गर्न सकिने बताए । । नेपालको तिब्र विकास गर्न प्रमुख प्राथामिकता देशलाई र्नै गर्नुपर्नेमा उनकोे जोड छ । नेपाल भारतको सुरक्षित बजार भएकाले आफ्नो बलियो बनाउँदै लगेकोमा ध्यानाकर्षण गराउँदै नेपालले भने यस कुराको वास्तै नगरेको उनले बताए ।
पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा भारतसंग भएको भनिएको Longterm Power Agreementका विषयमा सामुहिक छलफल भएको थियो । सहभागिहरुले जलविद्युत व्यवसायीको गुनासो पोख्दै स्पष्ट निति ल्यायर बार्गेनिङ्ग क्ष्मतम बढाउनु पर्ने सुझाव दिएका थिय ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com