२२ मंसिर । देशकै ठूला वाम पार्टी नेकपा एमाले र नेकपा माओवादी सम्मिलित वाम गठबन्धनका आधिकारिक उम्मेदवारदेखि नेपाली कंग्रेसका उम्मेदवारलाई छक्क पार्दै स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाले ४७ मतको अन्तरले हुम्लाको प्रतिनिधिसभा सदस्यमा बाजी मारेका छन्। वाम गठबन्दनको बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका लामाले आफ्रनाे प्रतिद्धन्द्धी मंगलबहादुर शाहीलाई ४७ मतले अन्तर पार्दै ८ हजार ४ सय ९१ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेस उम्मेरदार मंगलबहादुर शाहीले ८ हजार ४ सय ४४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मेदनीप्रसाद शर्मा पौड्यालले बताए।

English
MTV NEPAL MTVNEPAL


