रसुवा प्रदेशसभामा कांग्रेस विजयी

२२ मंसिर । रसुवाको प्रदेश सभा ‘क’ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। शुक्रवार अपरान्ह सार्वजनिक अन्तिम नतिजा अनुसार रसुवाको प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसका युवा उम्मेदवार प्रभात तामाङ विजयी भएका हुन्। तामाङले ६ हजार ९ सय ७६ मत ल्याएर विजयी भएको रसुवाका निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए। तामाङका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अध्यक्ष कन्र्याल तामाङले पाँच हजार एकसय ५२ मत ल्याए।

रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ सानोभार्खु निवासी ४३ वर्षीय प्रभात तामाङ २०६७ सालदेखि कांग्रेसमा आवद्ध भएका थिए। कांग्रेस महासमिति सदस्यसमेत रहेका प्रभातले रसुवालाई चीनसंग आपसी व्यापार बढोत्तरी तथा नेपाल-चीनबीच हाल सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाकाको बिस्तार गर्ने प्रतिवद्धता जनाए।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com