शिक्षा ऐन संशोधनविरुद्ध नेविसंघको आमरण अनसन

काठमाडौं । आफ्नै पार्टीको नेता शिक्षा मन्त्री बनेको बेला ल्याइएको शिक्षा ऐन नवौं संशोधन विधेयक खारेज गर्न माग गर्दै नेविसंघ आन्दोलनमा उत्रिएको छ । संशोधन अन्यायपूर्ण रहेको भन्दै नेविसंघले सोमबारबाट आमरण अनशन सुरु गर्न लागेको हो ।

कांग्रेस नेता एवम् तत्कालीन शिक्षा मन्त्री गोपालमान श्रेष्ठको पालामा शिक्षा ऐन २०२८ मा नवौं संशोधन भएको थियो । सोही संशोधनअनुसार शिक्षा विभागले अस्थायी शिक्षकलाई स्थायी गर्न परीक्षा सञ्चालनको तयारी गरेको छ । परीक्षामा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुल्ला प्रतिस्पर्धाको व्यवस्था गरिएकाले आफूहरुले विरोध गरेको नेविसंघ महामन्त्री कुन्दन काफ्लेले बताए । ‘यो व्यवस्थाबाट टिचिङ लाइसेन्स हातमा लिएर बसेका फ्रेस जनशक्तिलाई अन्याय हुने भयो, राजनीतिक आस्थाको आधारमा जागिर खाइरहेकालाई नै स्थायी गर्ने उद्देश्य विधेयकमा रहेकाले मुख्यगरी त्यसमै हामीले विरोध गरेका हौं,’ काफ्लेले अनलाइनखबरसँग भने ।

अपराह्न चार बजे माइतीघर मण्डलामा नेबिसंघका पाँच जना नेता–कार्यकर्ताले आमरण अनशन सुरु गर्दैछन् । नेविसंघका नेता एवम् त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरका नेविसंघ सभापति हरि आचार्यले दिएको जानकारीअनुसार राजन लम्साल, मिलन बास्तोला, हेमराज थापा, सुशान्त बोहोरा र रामचन्द्र कार्की आमरण अनशनमा बस्नेछन् ।

शिक्षा ऐनको नवौं संशोधन खारेज गर्न माग गर्दै आन्दोलनरत अनेरास्ववियु र अखिल क्रान्तिकारीले यसअघि तत्कालीन शिक्षामन्त्री श्रेष्ठलाई कार्यकक्षभित्रै कालोमोसो दल्ने प्रयास गरेका थिए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com