शिक्षा ऐन परिवर्तन गर्नुपर्ने उपमहासचिव बजगाँईको भनाई ,,भुगोल अनुसारका पाठ्यक्रम हुनुपर्नेमा जोड

सामुदायीक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्दो रहेको छ । मिथिला नेपाल टेलिभिजनको एक कार्यक्रममा बोल्दै पेशागत महासंघ नेपालका उपमहासचिव लक्ष्मण प्रसाख बजगाँईले यस्तो बताएका हुन् । नेपालमा सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर घटिरहेको भन्ने भ्रम मात्रै रहेको उनि बताउनँछन् । ३१ वर्षदेखि शिक्षण पेशामा रहँदै आएका बजगाँई भन्छनर्् पहिलेको तुलनामा अहिले विद्यार्थीको आकर्षण बढ्दो छ .अनि सरकारी विद्यालयको शिक्षकले आफ्ना बच्चाहरुभने निजिमा पढाँउछन् भन्ने पनि गलत हो । उनि थप्छन् मैंले त मेरा छोराछोरीहरुलाई मेरै विद्यालयमा पढाएको हुँ , उनिहरुले उत्कृष्ट अंक हासिल पनि गरे । बजँगाईका अनुसार अविभावकले अंग्रेजी माध्यमलाई बढि प्राथामिकता दिने गर्दछन् तर नेपाली माध्यमलाई पनि उत्तिकै महत्व दिनुपर्छ । सामुदायीक विद्यालयको गुणस्तर अझँ बढ्ने भन्दै उनि थप्छन् शिक्षक अब्बल भएमात्र विद्यार्थी अब्बल हुन्छन् त्यसको लागी सरकारले पनि शिक्षा क्षेत्रलाई प्रमुख प्राथामिकता राख्नु प¥यो । शिक्षण सिकाईमा जोड दिनुप¥यो । अन्य देशमा शिक्षालाई पहिलो प्राथामिकता दिने गरेकोकोमा नेपालमा पनि शिक्षा ऐन परिवर्तन गर्नुपर्ने उनि बताउँछन् । शिक्षकलाई पनि अरु पेशा सरह उचित पारिश्रमिक तथा प्रोत्सहान दिने पर्ने उनको भनाई छ । शिक्षण पेशा एक विशुद्ध पेसा रहेको भन्दै स्थानिय तथा सम्बन्धित निकायको यसमा ध्यान जानुपर्ने उनि बताउँछन् ।
राष्ट्रिय शिक्षक संगठनको प्रतिनिधित्व गर्दै पेशागत महासंघमा तेस्रो कार्यकाल बिताईरहेका बजगाँईले शिक्षालाई प्रवृधियुक्त बनाउने सके मात्र गुणस्तर बढ्ने बताए । नेपाल भौगोलिक विविधताले भरिपुर्ण देश भएकाले प्राकृतिक भुगोल अनुसारकै पाठ्यक्रम हुनुेपर्नेमा उनको जोड छ । त्यहि अनुसारको शिक्षण सिकाई भए अझ उपयुक्त हुने उनि बताउँछन् । पेशागत महासंघले यो विषयलाई मूख्य एजेन्ड मानेको भन्दै उनले भर्ने शिक्षण पेशा मात्रै होईन विभिन्न पेशा व्यवसायमा रहेको वेथिति तथा समस्याको उठान गरि समाधान गर्न पहल गरिरहेको छ । सुशासनका निमित्त राजनिति गर्नुपर्ने भन्दै उनि भन्छर्न राजनिति र पेशाकर्मीलाई फरकफरक राख्न सकिदैन ।

भिडियो हेर्नका लागी तलको लिंकमा क्लिक गर्नुहोस्

 

THIS IS ADD AREA
x

Check Also

भारतिय मगन्ते भन्छन् नेपाली नागरिकता चाहियो ,,तराईबासीले पाउने कहिले?

नगरिकताको विषयले अहिले देशमा आगो बलिरहेको छ । केहि समयअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नागरिकता विधेयक पास गरियो । नागरिकता विधेयकको विरुद्धमा आम नागरिकले चर्को ...

Social Media Auto Publish Powered By : XYZScripts.com