बालेनको अर्को कडा कदम ,महानगरभित्र अब भारतिय फिल्म चल्न नदिईने

काठमाडौं महानगरले फेरि एउटा नयाँ कदम चालेको छ । महानगरका मेयर बालेन शाहले अब नेपालमा भारतिय फिल्म चल्न नदिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै उनले यस्तो बताएका हुन । बिहिबारदेखि शुरु हन लागेको साउथ ईन्डियन फिल्म “आदिपुरुषमा” जानकी भारतिय चेलि हुन् भनि राखिएको डाईलगमा उनले आपत्ति जनाएका छन् । यो डाईलग नेपालमा मात्र नभई भारतमा समेत हटाउन चेतावनि दिएका छन् । नभए महनगरभित्र कुनैपनि भारतिय फिल्म चल्न नदिने उनले बताएका छन् । सिताको जन्मभुमि नेपाल होईन भन्ने भ्रम फैलाउन खोजेको भन्दै आक्रोश पोखेका छन् ।


भारतले पटकपटक विभिन्न बहानामा नेपाललाई हेप्दै आएको छ । केहि समयअघि मात्र नेपालको महत्वपुर्ण भुमिलाई नै समेटेर आफ्नो साँस्कृतिक नक्सा प्रकाशन गरेको थियो । यसपटक फेरि चलचित्र मार्फत पनि नेपालको एैतिहासिक एवंम धार्मिक अस्तित्व माथी प्रहार गरेको छ ।
नेपालमा भारतिय चलचित्र सञ्चालनका पनि निति ,नियमसंगै मापदण्ड हुन्छन् तर यति हुँदा पनि सम्बन्धित निकाय सेन्सर बोर्ड ,चलिचित्र बिकास बोर्ड लगायत मौन रहेका छन् ।
यसविषयमा हाम्रो टिमले बुझ्न खोज्दा सुचना तथा सञ्चार मन्त्रालयका सुचना अधिकारी विजय भुर्तेलले यस फिल्मा राखिएको सो डाईलगलार्ई म्यूट गरेर चलाउने कुरा भएको जानकारी दिए ।
के यो डाईलग नेपालमा मात्र म्यूट गरेर हुन्छ ? भारत लगाएत अन्य ठाउँमा यस्को भ्रम फैलिदैन ?
के यस विषयमा बोल्ने जिम्मेवारी महानगरको मात्रै हो ? धार्मिक संघसंस्था, ईतिहासकार ,सम्बन्धित सरोकारवाला निकायहरुले आवाज उठाउनुपर्दैन ? यस्तो राष्ट्रिय विषयमा सबै तहतप्काका व्यक्ति बोल्नु पर्दैन ? के यो तपाँई हामी सम्पुर्ण आम नागरिकको जिम्मेवारी होइन ?
त्यसैले यदि हामी स्वालम्बि नेपाली जनतालाई जनता हौं भने अब हामी चुप नबसौं । कसैको मुख नताकी ,कसैको प्रलोभनमा नपरि राष्ट्रिय हितको हरेक मुद्दामा हामी बोलौं । आवाज उठाउँ । राष्ट्रिय पहिचान जोगाऔं ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com