काठमाडौं – वैदेशिक रोजगारमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकरण हुन निवेदन दिएका स्वास्थ्य संस्थाहरूको नरीक्षण आजदेखि हुने भएको छ । गत दिनमा अन्योलमा परेको यो व्यावसायीले अब परीक्षणको बाटो खोलेको छ । यो परीक्षणका लागि स्वास्थ्य मन्त्रालयका तीन जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयका एक अधिकृत रहेको चारवटा टोलीलाई तयार पारेको छ । मन्त्री गोकर्ण विष्टले सूचीकरणमा परेका मेडिकलको फाइनल लिष्ट सदर गरेपछि मन्त्रालयले स्वास्थ्य संस्थाहरूको सूची सार्वजनिक गर्ने बताएका थिए । २६ स्वास्थ्य संस्थाको अनुगमन स्वास्थ्य परीक्षण भएपनि त्यसको नतिजा सार्वजनिक भएको थिएन । वैदेशिक रोजगारीमा जाने कामदारको स्वस्थ्य परीक्षण सूचीकरणका लागि आएका ३ सय ५२ स्वास्थ्य संस्थामध्ये मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थाको संख्या मात्रै २ सय ९० रहेको जनाएको छ । ठूला लगानीका संस्थाहरू जस्तै नेपाल मेडिसिटी अस्पताल, लुम्बिनी सिटी अस्पताल ,ब्लूक्रस अस्पताल, अन्नपूर्णन्यूरो अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, प्रालि संस्थारू पनि प्रतिस्पर्धामा रहेका छन् । मलेशिया सरकारले पठाएको नयाँ मापदण्ड अनुसार श्रम मन्त्रालयले नयाँ पुरानो निजी तथा सरकारी स्वास्थ्यलाई सूचिकृत हुन राजपत्रमा प्रकाशन गरी आवेदन मागेको थियो । त्यसै अनुसार सूचिकृत भई सकेको स्वास्थ्य संस्थाहरुले करौडौ खर्च गरी मेसिनरी आयत गरी स्वास्थ्य संस्थाहरु अनुगमनको कुराईमा थिए ।
नयाँ मापदण्ड अनुसारका स्वास्थ्य संस्थाहरूको निर्माण गरेका व्यावसायीहरुको अब अनुगमन चाँडै होस् र कुनै अलमल नगरी शिघ्र नै नितिजाको आश गरेको व्यावसायीहरुले बताएका छन् ।

English
MTV NEPAL MTVNEPAL


