कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा एमाले गोलन्जोर गाउँपालिकाको आयोजनामा बिधार्थि भर्ना तथा अभिभाबक्त्व ग्रहण कार्यक्रम श्री प्राथमिक विद्यालय नाकाजोलिमा नेकपा एमाले वडा कमिटी अध्यक्ष हस्त बहादुर मगरको अध्यक्षता तथा सिन्धुली जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर एकका माननीय गणेश पहाडीको प्रमुख आतिथ्यतामा विद्यार्थी भर्ना तथा अभिभावकत्व ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
सिन्धुली जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर ०१ का माननीय सांसद गणेश कुमार पहाडी, नेकपा एमाले जिल्ला कमिटी सचीव सूर्य पाख्रिन, अनेरास्ववियु स्थायी कमिटी सदस्य लक्ष्मण हायु, जिल्ला युवा परिषद सिन्धुलीका अध्यक्ष संजय कुमार दाहाल गैरसरकारी सस्था महासंघ सिन्धुलीका अध्यक्ष वेदराज दाहाल, अनेरास्ववियु पुर्व जिल्ला सचीव लाल बहादुर बुढाथोकी,सोही विद्यालयका प्रधानध्यापक दिनेश कोइराला लगायतको उपस्थितिमा आठ जाना विद्यार्थीलाई भर्ना गरी अभिभावकत्व ग्रहण गरेका हुन् । आठ जाना बालवालिका लाई भर्ना गराउनु साथै उनिहरुलाई सहित शैक्षिक सामाग्री समेत बितरण गरीएको थियो ।

उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा माननिय सांसद गणेश पहाडीले सरकारको अभियानलाई सफल बनाउन हरेक सचेत नागरिकको दायित्व रहेको भन्दै मुलुक समृद्धिको बाटोमा अगाडि बढिरहेको बताए । हामी सबैको इच्छा, अनिवार्य, निशुल्क र आधारभुत शिक्षा भन्ने मुल मर्म राखि सरकारले विद्यालय जाने उमेर समूहका बालबालिकालाई अनिवार्य बिद्यालयमा भर्ना गराउन अभियान चलाएको छ , सोहि अभियानमा उहाँहरु पनि सरीक हुनु भएको हो ।
त्यस्तै नेकपा एमाले कमलामाइ नगरपालिका नौ नम्बर वडा कमिटिको आयोजना मा यही बैशाख १३ गते भिमानमा प्रतिनिधि सभा सदस्य माननीय गोमा देवकोटाको प्रमुख आतिथ्यतामा पनि विद्यार्थी भर्ना तथा अभिभावकत्व ग्रहण कार्यक्रम राखिएको अखिलका नेता लक्ष्मण हायुले जानकारी दिनु भयो ।

English
MTV NEPAL MTVNEPAL


